समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कुस्ती भइरहेको जनकपुरधामको कबर्ड हल नजिकै बम विस्फोट भएको छ । कबर्ड हलदेखि करिब ३ सय मिटर पश्चिमतर्फ विस्फोट भएको हो ।

विस्फोटमा एक जना घाईते समेत भएको बुझिएको छ । स्थानीयका अनुसार नाम र ठेगाना खुल्न नसकेका घाईतेको उपचारका लागि प्रादेशिक अस्पताल लगिएको छ । विस्फोटबारे विस्तृत विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here