समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरधामको एक मोबाईल पसलमा चोरी भएको छ । जनकपुरधाम ४ राजदेवी मन्दिर नजिकै सौतिनिया ईनारको कुनामा अवस्थित महालक्ष्मी कम्प्युटरबाट बिहिवार साँझ सामसङको मोबाईल चोरी भएको हो ।

पसलमा सो को लागि काउण्टरमा राखिएको सामसङ्गको नोट १० प्लस मोबाईल चोरी भएको पसलका प्रोप्राईटर लालबाबु प्रसाद साहले जानकारी दिएको छ ।

जनकपुरको एक पसलबाट १ लाख ३४ हजारको मोबाईल चोेरी, यसरी चोरिएको देखियो सिसिटिभीमा

जनकपुरको एक पसलबाट १ लाख ३४ हजारको मोबाईल चोेरी, यसरी चोरिएको देखियो सिसिटिभीमा[भिडियाे]http://janakpurtimes.com/?p=12686#.XjMWG2gzZPY

Gepostet von Janakpur Times am Donnerstag, 30. Januar 2020

दुई जना युवक साँझ ७ बजेतिर बत्ती नभएको बेला आएको र सेक्युरीटि क्यामरा काम नगरेको अवस्थामा ती युवकहरुले पसलको काउण्टरमा राखिएको मोबाईल चोरेर सो मोबाईल राखिएको ठाउँमा माृेबाईलको डम्मी राखि दिएको प्रोप्राईटर साहले जनाएको छ ।

पसलमा सोही मोबाईल किन्न एक ग्राहक आउँदा मोबाईल नदेखिपछि सिसिटिभीको फुटेज हेर्दा मोबाईल चोरी भएको थाहा भएको उनले बताए ।

शुक्रबार प्रहरीमा उजुरी दिने र चोरिएको मोबाईलबारे सामसङ्ग कम्पनीमा जानकारी गराईसकेको हुँदा मोबाईल प्रयोग गरे चोर पक्रिन सकिने बताए । चोरहरुको गतिविधि पसलको सीसीटिभी क्यामेरामा रेकर्ड भएको छ । हेर्नुहोस सीसीटिभी क्यामेराको फुटेज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here