समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नगर प्रमुख लालकिशोर साहको  प्रतिक्रिया लिन उपमहानगरको कार्यालयमा पुगेका पत्रकारहरु कुटिएका छन् ।

सोमबार जनकपुरधामस्थित जानकी मन्दिरको जग्गा अतिक्रमण जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई मेयर साहको कार्यकक्षमा ढोका थुनेर कुटपिट गरिएको हो ।

जनकपुरका मेयरकाे कार्यकक्षमै थुनेर पत्रकार कुटियो

सुरुमा नगरपालिकाका नगर प्रहरीले आक्रमण गर्यो, त्यसपछि बाहिरबाट आएको एक हुलले हामी माथि आक्रमण गरेको हाम्रा सम्वाददाता सुमित मिश्राले बताएका छन् ।’

Gepostet von Janakpur Times am Dienstag, 7. Januar 2020

मेयर लाल किशोर साहकै नेतृत्वमा पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र, देशसञ्चार संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकात्न ठाकुर, जनकपुरटाईम्सका सम्वाददाता सुमित मिश्रा सहितका पत्रकारहरुमाथि कुटपिट भएको हो ।

सुरुमा नगरपालिकाका नगर प्रहरीले आक्रमण गर्यो, त्यसपछि बाहिरबाट आएको एक हुलले हामी माथि आक्रमण गरेको जनकपुरटाईम्सका सम्वाददाता सुमित मिश्राले बताएका छन् ।’

कुटपिटबाट कान्तिपुर दैनिकका संवाददाता ठाकुर, जनकपुरटाईम्सका सम्वाददाता सुमित मिश्रालाई, देशसंचारका सम्बाददाता सुभाष कर्णलाई र पत्रकार सुभाष कर्णलाई चोट पटक लागेको छ । चोटपटक लागि घाईते भएको पत्रकारहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ ।

त्यसैगरी पत्रकार सुमित मिश्र, राजा झा र सुभाष कर्णको मोबाईल र क्यामरा समेत खोसिएको पत्रकार गोबिन्द महतोले जनाएको छ ।

मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here