समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरका पत्रकारहरु आन्दोलित भएका छन् । गत २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरु उपर भएको कुटपिट तथा दुव्र्यव्यहार घटना सम्बन्धमा ९ बुँदे सहमति कार्यान्वयनको माँग र्दै आन्दोलित भएको हो । आन्दोलित पत्रकारहरु कालोपट्टी बाँधेर काम गर्न सुरु गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकरी प्रदीपराज कणेलको रोहबरमा घटनामा संलग्न व्यक्तिहरुलाई कारवाही हुने गरी सर्वपक्षीय बैठकबाट नेपाल पत्रकार महासंघ धनुषा र जनकपुरधाम उपमहानगरपालिकाबीच गत पुस २७ गते ९ बुँदे सहमति भएको थियो ।

सहमति भएको एक साता बितिसक्दा पनि प्रजिअ कणेलले सहमति कार्यान्वयन गराउन नसकेको भन्दै दबाव दिने उद्देश्यले नेपाल पत्रकार महासंघ धनुषा अन्तर्गत गठित संघर्ष समितिले आन्दोलनको घोषणा गरेको थियो । सो आन्दोलनको पहिलो चरणमा माघ ७ गतेदेखि १८ गतेसम्म विभिन्न संचार माध्यममा जिल्ला स्थित पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर कार्यालय सहित फिल्डमा कार्य गर्ने निर्णय गरेको थियो ।

आइतवार बसेको बैठकबाट संघर्ष समितिले मेयर साहकै प्रत्यक्ष निर्देशनमा भएको कुटपीट भएको ठहर गर्दै पुर्नगठित संघर्ष समितिको संयोजकमा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कुमार कर्णलाई चयन गरिएको छ ।

आन्दोलनको अन्य कार्यक्रमहरुमा ८ गते महासंघ धनुषा शाखाका पदाधिकारी, पूर्व अध्यक्ष, पार्षद, केन्द्रिय तथा प्रादेशिक महासंघका प्रतिनिधि लगायतसंग घटना बारे छलफल, ११ गते सरोकारबालासंग, १३ गते राजनीतिक दलसंग र माघ १८ गते नागरिक समाज, युवा क्लव एवं विभिन्न संघ संगठन संग छलफल गर्ने कार्यक्रम रहेको संघर्ष समितिले जनाएको छ ।

गएको पुस २२ गते जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा जानकी मन्दिरको फुलबारी अतिक्रमण विषयमा समाचारका लागि मेयर लालकिशोर साहसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरुमाथि उनकै कार्यकक्षमा दुव्र्यवहार तथा कुटपिट गरिएको थियो ।

सो घटनामा कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुर, उज्यालो नेटवर्कका पत्रकार सुभाष कर्ण, देश संचारका पत्रकार राजा झा, एबीसी टिभीका पत्रकार सुमित मिश्र सहितका पत्रकार घाइते भएको थियो भने पत्रकार मिश्रको क्यामेरा र मोबाइल समेत खोसिएको थियो ।

उता घटनालाई मोड्न जनकपुरधाम उपमानगरपालिकाले उल्टै पत्रकारहरुले चारजना महिलामाथि कुटपिट गरेको सुनियोजित आरोप लगाउँदै आन्दोलन सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here