समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
किशोर कुमार मंडल
जनकपुरधाम १७ माघ ।
नेवि संघको केन्द्रिय निर्णयअनुसार जनकपुरमा नेविसंघ रा.रा.ब. ईकाई कमिटिले बिहीवार प्ले कार्ड सहितको विरोध प्रदर्शन गरेको छ ।
नेविसंघ रा.रा.ब. ईकाई कमिटि अध्यक्ष सुजित यादवको नेतृत्वमा जनकपुरको क्यामपसबाट निस्केको प्ले कार्डसहितको जुलुश राम चोक , जनक चोक , शिव चोक हुंदै नगरको विभिन्न भागको परिक्रमा गर्दै भानु चोक पुगेर कोण सभामा परिणत भएको थियो ।
कोणसभामा विद्यार्थी नेता पुष्पेन्द्र गोईत , आशुतोष झा , संजय यादव , संजिव यादव , राकेशबिक्रम साह , उदित मिश्रा , राजेश कर्ण , रबि साह , दिलिप सिंह , निरज साह , सुजित झा लगायत कार्यक्रममा सयौंको संख्यामा नेवि संघका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
जुलुशमा सहभागीहरुले अधिनायकवाद सरकार देशमा त्रास फैलाउने कार्यमा लागेको आरोप लगाएका छन । उनीहरुले निर्मला पन्तले हालसम्म न्याय नपाउनु सरकारको असफलतालाई दर्शाएको बताए ।