समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । प्रदेश नं. २को सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा विमाको रकम ३ लाख पु¥याएको छ ।

२०७५ माघ १ पछि जन्मेको छोरीहरुको १ लाखको शिक्षा विमा गर्ने घोषणा गरेको प्रदेश सरकारले त्यो रकमलाई तीन लाख पु¥याएको छ ।

सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएकी छोरीहरु अव ३ लाख पाउने घोषणा गरेको छ । पत्रकार सम्मेलनमा उनले भने, प्रदेशमा जन्मीने छोरीहरु अब लखपति होइन कम्तीमा तीन लखिया भएकी छिन ।’

स्थानीय सरकारहरुलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले भने, हामी अहिलेलाई तीनलाख पु¥याएका छौ, स्थानीय सरकारले सहयोग गरे भने यो रकम लाई २० वर्षमा २० लाख पु¥याउने लक्ष्य लिएका छौ ।

छोरी शिक्षा विमा अन्तर्गत हाल सम्म करिब १५ हजार विमा प्रदेश सरकारले गरि सकेको छ । विमा गराइ सकेका छोरीहरुले समेत यो सुविधा पाउने भएकी छिन ।

यसका साथै मुख्यमन्त्री राउतले अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखी ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँच सय दिने आफुहरुको योजना रहेको र यसै आर्थिक वर्ष देखी पाइलट प्रोजेक्टको रुपमा शुरु गरिने जानकारी समेत गराए ।

मुख्यमन्त्री राउतले जनकपुर स्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले शुरु गरि सकेको जानकारी गराए ।

आजै सम्पन्न मन्त्री परिषदको बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । यसका साथै मन्त्री परिषदले मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागि मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here