समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


वीरगञ्ज । आफनै १४ वर्षीय छोरीको हत्या गरी शव जलाएको आरोपमा आमासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पोखरिया गाउँपालिका वडा नम्बर ९ सेमरबारी टोल बस्ने शिवकली देवी, सन्तोष दास तत्वा, राजेन्द्र दास तत्वा र जितेन्द्र यादव रहेका छन् ।

पक्राउ परेकी शिवकली बालिकाकी आमा हुन् भने सन्तोष काका हुन् । स्थानीय बिरेन्द्र दास तत्वाकी १४ वर्षीया छोरी पुनिता कुमारीको हत्या गरि शव जलाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पुनिताका बुवा बिरेन्द्र भने फरार रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here