समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
राम नारायण पण्डित
सिरहा, ४ पुस ।
चोरी मुद्धामा फरार एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले हतियारसहित आज सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाईस्थित मौवाही मिर्जापुरबाट एक युवकलाई पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले २७ बर्षीय रविन्द्र कुमार मण्डललाई हतियारसहित पक्राउ गरेको हो ।
शरिर चेक जाँच गर्ने क्रममा कम्मरमा बोकेको १ थान कटुवा पेस्तोल सहित मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।