समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, ३ माघ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले विगत केहि दिन देखि राम्रो कार्य गर्दै आएकोले धनुषा चेम्बर अफ कमर्सले सहयोग स्वरुप वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।
कार्यालयमा आउने सेवाग्राहीले शुद्ध पानी खान पाऊन् भनेर डिस्पेन्सर सहयोग गरिएको धनुषा चेम्बरका अध्यक्ष विजय साहले बताए । साथै जिल्ला प्रशासन कार्यलय धनुषाले केहि दिन यता देखि राम्रो कार्य गर्दै आएको हुनाले हामी धेरै खुसि भएको र यदि अगामी ५ वर्ष सम्म प्रदीप राज कणेल जस्ता प्रमुख जिल्ला अधिकारी भयो भने धनुषाबाट सपै समस्या हराउने अध्यक्ष साहले बताए ।
प्रमुख जिल्ला अधिकारी प्रदीप राज कँडेलले वाटर डिस्पेसर बुझदै यसबाट सेवाग्राही लाभान्वित हुने बताए । १२ हजार रुपैयाँमा खरिद गरिएको उक्त उपकरण बुधबारदेखिनै प्रयोगमा आएको छ ।