समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरमा रहेको चिल्ड्रेन ईङगलिस बोर्डिंग स्कूलले आफ्नो १९ औं वार्षिकोत्सव मनाएको छ ।

१८ वर्ष सफलतापूर्वक पार गरी १९ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । सोही क्रममा सबैला नगरपालिका वडा नं. १२ का वडाध्यक्ष प्रदीप महतोले बालबालिकाहरुलाई अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउनु आवश्यक रहेको बताएका छन् ।

स्कूलले सँचालन गरेको सप्ताहव्यापी खेलकूद कार्यक्रम तथा १९ वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले बालबालिकाहरुलाई अध्ययनको बोझबाट सहजता दिन अतिरिक्त क्रियाकलाप को आवश्यकता औंल्याए । उनले बालबालिकाहरुको मानसिक अवस्था दुरुस्त राख्नको लागि खेलकूद अनिवार्य भएको बताउँदै विद्यालय परिवारले गरेको खेलकूद सप्ताहको प्रशंसा गरे ।

१९ औं वार्षिकोत्सवको अवसरमा गत पुस २५ गतेदेखि सुरु भएको खेलकूद सप्ताहलाई समापन गर्दै वडाध्यक्ष महतोले बालबालिकाहरुको लगनशिलताप्रति खुसी व्यक्त गरे । चिल्ड्रेन ईङगलिस बोर्डिंग स्कूलले स्थानीय बालबालिकाहरुलाई शिक्षाका साथै खेलकूदमा समेत ध्यानाकर्षण गराएको बताए ।

रघुनाथपुर तथा उक्त क्षेत्रकै सबभन्दा पुरानो बोर्डिङग स्कूल मानिएको उक्त विद्यालयले प्रत्येक वर्ष “खेलकुद सप्ताह” को आयोजना गर्दै आएको छ । यसपाली पनि १९ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको “खेलकुद सप्ताह” अन्तर्गत कबडी, हाईजम्प, लङ्गजम्प, स्पुन रेस, म्यूजिकल चेयरलगायत दर्जनौ खेल समावेश गरिएको थियो ।

विद्यालयका संस्थापक सुरेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको सो “खेलकुद सप्ताह” को समापन कार्यक्रममा सप्ताहभरिको खेलकूदको क्रममा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको हो । विभिन्न विद्यामा प्रथम, दोस्रो तथा तेस्रो हुनेलाई पुरस्कार वितरण गरिएको हो । समापन कार्यक्रममा विद्यलायका शिक्षक शिक्षिकाहरुलाई सम्मान समेत गरिएको थियो भने पुराना शिक्षक शिक्षीकाहरुलाई सम्मान सहित विदाई गरिएको थियो ।

खेलकुद सप्ताहमा सहभागी विभिन्न प्रतियोगिताका विजेताहरुलाई ट्रफी, मेडल, प्रमाणपत्रलगायतका पुरस्कार प्रदान गरिएको थियो । सो क्रममा विद्यालयका छात्रछात्राहरुले अतिथिहरुलाई सम्मान स्वरुप विभिन्न नृत्य, मौलिक नृत्य, साँगितिक कार्यक्रमको समेत प्रदर्शन गरेको विद्यालयका प्रिन्सीपल दिगम्बर महतोले बताए ।

समापन कार्यक्रममा अतिथिको रुपमा आधारभूत विद्यालय किरतपुर ढोलबज्जाका प्रधानाध्यापक तथा नगर शिक्षा समितिका सदस्य पवन महतो, ज्ञानोदय बालवाटिकाका प्रिन्सीपल नवीन जयसवाल, समाजसेवी राम नारायण महतो, अशोक महतो सहित अभिभाबक कन्चन श्रेष्ठले आ आफ्नो धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here