समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको रघुनाथपुरस्थित ईन्टरनेसनल चिलड्रेन ईङ्गलिस बोर्डिङ्ग स्कुलमा ‘खेलकुद सप्ताह’ सुरु भएको छ । पुष २५ गते सुरु भएको ‘खेलकुद सप्ताह’ २९ गते पुष २९ गतेसम्म चल्नेछ ।

आउँदो माघ माघ १ गते विद्यालयको १९ औँ वार्षिकोत्सव रहेकोले उक्त दिन नै पुरस्कार वितरण गर्ने गरी वार्षिकोत्सवको पूर्वसन्ध्यामा ‘खेलकुद सप्ताह’को आयोजना गरिएको स्कुलका प्रिन्सिपल दिगम्बर महतोले जनाए । ईन्टरनेसनल चिलड्रेन ईङ्गिलस बोर्डिङ्ग स्कुलले एक औपचारिक समारोहको आयोजना गरि शुक्रवार ‘खेलकुद सप्ताह’को उद्घाटन गर्दै सुरुवात गरेको छ ।

विद्यालयका संस्थापक सुरेन्द्र साहको अध्यक्षतामा भएको ‘खेलकुद सप्ताह’को उद्घाटन वडाध्यक्ष प्रदीप महतो सुडीले गरेका थिए । २०५८ सालमा स्थापना भएको ईन्टरनेसनल चिल्डे«न ईङ्गलिस बोर्डिङ्ग स्कुल निजी क्षेत्रबाट स्थापना भएको त्यस क्षेत्रकै सबैभन्दा पुरानो मध्येका एक स्कुल हुन् ।

विद्यालयले प्रत्येक वर्ष ‘खेलकुद सप्ताह’को आयोजना गर्ने गरेकोले नियमित प्रक्रियाकै रुपमा यो वर्ष पनि ‘खेलकुद सप्ताह’को आयोजना गरिएको विद्यालयका प्रिन्सिपल महतोले बताए । ‘खेलकुद सप्ताह’ अन्तर्गत कबडी, हाईजम्प, लङ्गजम्प, स्पुन रेस, म्यूजिकल चेयरलगायत दर्जनौ खेल समावेश गरिएको छ ।

‘खेलकुद सप्ताह’मा यो वर्ष आफ्नै विद्यालयको विद्यार्थीहरुलाई सहभागी गराई पनि अर्को वर्ष देखी अन्य विद्यालयका विद्यार्थीहरुलाई समेत सहभागी गराई भव्यरुपमा आयोजना गरिने प्रिन्सिपल महतोले बताए । ‘खेलकुद सप्ताह’मा सहभागी विभिन्न प्रतियोगिताका विजेताहरुलाई ट्रफी, मेडल, प्रमाणपत्रलगायतका पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

‘खेलकुद सप्ताह’मा उद्घाटन समारोहमा स्वागत मन्तव्य, विद्यालयका प्रिन्सिपल दिगम्बर महतोले राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here