समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गुटको मात्र नभएर पार्टीको सभापति बन्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।  पार्टीभित्रको बहुमत र बहिस्कारको राजनीति अन्त गर्न नेता सिटौलाले सभापति देउवाको ध्यानाकर्षण गराएका हुन्। 

बहुमतबाट केन्द्रीय समितिले १४औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरिनु पार्टी परम्पराविपरीत र गुटको मात्र सभापतिको जस्तो व्यवहार भएको समेत बताउँदै तत्काल निर्णय सच्याउनसमेत सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। 

‘पुस ११ गते केन्द्रीय समितिको बैठक जसरी सम्पन्न भयो, यो पार्टीको परम्परा विपरीत त छ नै, साथै आजको विषम परिस्थितिमा पार्टी र लोकतन्त्रको हित विपरीत पनि छ। पार्टीको महाधिवेशन जस्तो सर्वाधिक महत्वपूर्ण विषयको कार्यतालिका र कार्यविधि बहुमत-अल्पमतबाट निर्णय गर्ने कुरालाई कुनै पनि तर्क, बहाना वा परिस्थितिले यसको औचित्य पुष्टि गर्न सक्दैन,’ सिटौलाको भनाइ छ, ‘पार्टीभित्र देखिएको बहुमत र बहिस्कारको स्थिति तत्काल अन्त गरी पार्टीभित्र बृहत्तर एकताका लागि पार्टी सभापतिको भूमिका खेल्न आग्रह गर्दछु।’

मंगलबार नै पौडेल समूहले एकपक्षीय रुपमा पार्टीमा निर्णय गर्न थालिएको भन्दै बुधबार हुने पदाधिकारी बैठक र बिहीबार हुने केन्द्रीय समितिब बैठक बहिष्कार गर्ने निर्णय गरिसकेको छ। ०७७ फागुनमा महाधिवेशन गर्न हालै विधानका केही धारा निलम्बन गरिएसँगै कांग्रेस विभिन्न गुटले धारणा बनाउँदै र सार्वजनिक गर्दै आएका छन्। 

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here