समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । गाउँमै सिंहदरबार आईसकँदा पनि सो सरहको सेवा सुविधा तथा विकासको अनुभुति गर्न नसक्दा धनुषाका युवाहरु आफैमा सक्रिय हुन थालेको छ ।

जनप्रतिनिधिहरु मौन रहेको रहीरहँदा गाउँ टोलको अवस्था जस्ताको त्यस्तै देखेपछि धनुषाका औरही गाउँपालिका ५ र ६ चक्करका युवाहरु सक्रिय भएका छन् । गाउँपालिका ५ र ६ का युवाहरुले गठन गरेको चक्कर युथ फोर्सको अगुवाईमा सफा, सन्दर, स्वच्छ र समृद्ध चक्कर बनाउने उदेश्यले बुधवारदेखि सरसफाई अभियान सुरु गरेका छन् ।

टोलमा सुरु गरेको सरसफाई अभियानमा जनप्रतिनिधि, स्थानीय बासिन्दा नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा करिब २ दर्जन युवाहरुको सहभागिता रहेको थियो ।

बुधबारदेखि सुरु गरेको सफाई अभियानलाई निरन्तरता दिईने चक्कर युथ फोर्सका एक युवा ईन्जिनियर प्रज्वल अधिकारीले बताए ।

उनले गाउँ, टोल र नगर समृद्ध हुन सरसफाई उतिनै आवश्यक रहेको बताए । अधिकारीले सरसफाई बिना गाउँ, टोल र नगर समृद्ध हुन नसक्ने समेत बताए ।

सरसफाई कार्यक्रममा सहभागि गाउँपालिकाका उपाध्यक्ष मिरा देबीले चक्कर युथ फोर्सले गरेको कार्यको प्रशंसा गर्दै अगामीको दिनमा यस अभियानलाई निरन्तरता दिलाउँन गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले अगामी दिनमा यस आयोजन क्लवलाई गाउँ, टोल र नगरको विकासमा सहभागि हुन तथा काम गर्न चाहिने विभिन्न स्रोत तथा युवा क्लवको लागि भवनको व्यवस्था समेत गर्न पहल गर्ने आश्वासन दिए ।

त्यस्तै कार्यक्रममा सहभागि गाउँपालिका वडा ६ का वडाअध्यक्ष दिलिप कुमार साहले यो अभियान सफल बनाउन तथा पालिकाको हरेक वडामा संचालन गर्न तथा सफल बनाउ आफुबाट हुने सहयोग भन्दा पछाडी नहट्ने प्रतिबद्धता व्यक्त गरे । उनले यो सरसफाई अभियानले गाउँलाई खुला दिशामुक्त बनाउन पनि सहयोग हुने भन्दै अभियानको प्रशंसा गरे । वडाअध्यक्ष साहले सार्वजनिक स्थान चक्कर बजारमा छिट्टै एउटा सार्वजनिक शौचालय बनाउने बताए ।

त्यसैगरी कार्यक्रम सहभागि वडा ५ का वडाअध्यक्ष प्रमेशवर मण्डल सरसफाई अभियान सुरु गरेको चक्कर युथ फोर्सलाई कानुनी रुप्मा दर्ता गराउँन सुझाव दिँदै त्यसको लागि चाहिने सहयोग आफुले गर्ने बताए ।

फोहोरमैला व्यवस्थापनको लागि युवाहरुले टोलको विभिन्न ठाउँमा ठष्टविन समेत राखेका छन् ।

2 COMMENTS

  1. कति पैसा लाग्छ तपाईको चैनलबाट न्यूज प्रसारण गर्नलाई ?

    • एक रुपैया पनि लाग्दैन सर । हामीलाइ जानकारी गराउनुस हामीले समाचार लेखिहाल्छाै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here