समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । हँसपुर नगरपालिकाका गरिब, दलित, विपन्न तथा जेष्ठ नागरिकलाई नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डलले न्यानो बनाउने काम गरेका छन् ।

पहिले बाक्लो हुस्सु लागे पनि केही दिनयता भने चिसो हावासँगै चलेको शितलहरले कष्टकर बन्दै गएको गरिब, दलित, बिपन्न तथा जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेका छन् ।

जाडोबाट प्रभावित उनीहरुलाई बिहीबार कम्बल बितरण गरिएको छ । कम्बल वितरण हँसपुर नगरपालिकाका वडा नं.१ मानसिंहपट्टी र वडा नं.८ ननुपट्टीका १ सय ५० जना जाडो प्रभावित वृद्धवृद्वा सहितहरुलाई कम्बल वितरण गरेका छन् ।

तराई मधेशमा गत करिब २ हप्तादेखि चलेको शितलहरले कठ्यांग्रिदै गरेकाहरुलाई पहिचान गरी कम्बल वितरण गरिएको नगर प्रमुख मण्डलले बताएका छन् । उनले नगरका विभिन्न लक्षित वर्गलाई उहाँहरुको अभिभावकत्व वहन गर्दै कम्बल वितरण गरिएको बताएका छन् । मेयर मण्डलले यो कम्बल वितरण बिहिबार वितरण गरिएको २ वटा टोलमा मात्रै सिमित नरही नगरका विभिन्न वडाका जाडो प्रभावितहरुलाई प्रदान गरिने जनाएकाा छन् ।

नगर प्रमुख मण्डलले भने,–‘हामीले जाडो बढे लगत्तै नगरका विपन्न परिवारहरुलाई कम्बल बाड्दै आएको छौं तर, आजदेखि वडाका विभिन्न टोल टोलमा पुगेर नगरबासीका समस्या बुझ्दै न्यानो कम्बल बाडेको छु।’ उनले भने यो चिसो मौसममा हाम्रो पहिलो कर्तव्य हाम्रो नगरबासीको जिउँधनको सुरक्षा रहेको बताए ।

नगर प्रमुख मण्डलले बृद्धबृद्धाहरुलाई कम्बल सहित बिस्कुट र पानी समेत बाडेका थिए । उनले नगरबासीहरुलाई पनि यस कार्यक्रममा आ–आफ्ना ठाउँबाट सहयोग गरेर विपन्न परिवारलाई सहयोग गर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here