समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको जनकपुरधाम उप–महानगरपालिका वडा नं. १९ बेङ्गाशिपुरका बद्रि महराका आँगनमा तेश्रो पुस्ता हुर्किसकेको छ, तर परिवारमा अहिले सम्म कसैले पनि शिक्षा समेत पाएका छैनन् । एक छोरा र चार छोरी मध्ये दुई छोरीको बिहे भईसकेको छ भने, दुई छोरी घरमै बसेर बनिबुत्ता गरेर दुई चार पैसा आर्जन गर्छन । एक छोरा भने बरालिएर हिड्छन् । सम्पत्तिका नाममा गाउँब्लकको जग्गामा ५ धुरमा बनेको घर छ, दिनभरि कमाए राति घरमा चुल्हो बल्छ, काम नपाए राति खान पुग्दैन् ।’ ‘अहिले सम्म आफ्नै कमाइमा निर्भर छु,’ उनले भने, ‘अरुको खेतीले गुजारा हुन छाड्यो ।’

हातगोडा बलियो हुँदा महरा आफैं अरुको खेतमा काम गरेर ५ छोरी र एक छोरा हुर्काए । श्रीमति र बच्चाहरु पनि सानै देखि बा–आमालाई बनिबुत्तो गरेर सघाउँथे । तर पछि दुई छोरीको बिहे भएर गएपछि परिवारमा थोरै समस्या हटेपनि अन्य दुई छोरीको बिहेबारीको लागि परिवार चिन्तित छन् । महराले भने, ‘यत्रो दिन भयो, म र मेरी जहान र छोरीहरुले बनिबुत्तो गरेर कमायौं, तर हालसम्म कुनै सम्पत्ति जोड्न सकेको छैन, अब त झन बुढ्यौलीले छोयो, खै अब के नै गर्न सकिन्छ र !’

यो एउटा प्रतिनिधि कथा मात्र हो । ‘हामी गरिबलाई केही हुने होइन, हामी दिन खान्छौं, रातमा पुग्दैन, रात खान्छौं दिनमा पुग्दैन, काम नगरी खानै पुग्दैन ।’ उनी त्यतिमै रोकिएनन् । शीत छल्न मुस्किल छ, विनोद सदाले फुसको घर देखाउँदै भने, ‘यी हेर्नुहोस् वर्षौ देखि हाम्रो घर यस्तै छ ।’ यो पीडा जनकपुर उप–महानगरपालिका वडा नं. ७ जानकी नगरका मुसहरहरुको हो । विपन्न र दीनहीन मुसहरहरु जानकी नगरमा बसेको ३० औँ वर्ष भयो । तर, कसैको आँखा परेको छैन । न गतिलो ओत छ न आङ ढाक्ने कपडा नै । काम पाएको दिन चुल्हो बल्छ, नत्र भोकै सुत्न विवश छन् उनीहरु । करिब ४० घर परिवार मुसहर समुदायका बालबच्चा विद्यालय समेत जाँदैनन् ।

‘पैसा भए पो पठाउनु, विद्यालय पठाउन पैसा लाग्छ । यिनीहरुलाई खुवाउन त पैसा हुँदैन । फेरि विद्यालय पठायो, शिक्षक पढाउन पनि आउँदैनन’ पुलकित सादले मुख मलिनो पार्दै भने । स्थानीय जानकी निम्न माध्यमिक विद्यालयमा बालबच्चा पढ्न पठाउने गरेको भए पनि शिक्षक पढाउनै नआउने उनको गुनासो थियो । झमक्क साँझ पर्दा यहाँका अधिकांस घरमा त्यहाँ अधिकांश पुरुषहरु मदिरामा लट्ठ थिए । ‘भरदिन काम गरेको हुन्छ, थकाइ लाग्छ हजुर के गर्नु ।’ विनोद सदाले प्रष्टिकरण दिए ।

गरिबी र अभावमा रुमलिएका त्यहाँका अधिकांश मुसहरहरुको अवस्था उस्तै छ । एकजनाको ९–१० जना सम्म सन्तान छन् । बस्तीका अधिकांश मानिस निरक्षर छन् । अशिक्षाको कारण मदिरा खान र झै–झगडा गर्न पुरुषहरुमा हानाथाप हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here