समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


रौतहट । रौतहटको सुन्दर पुरमा लाग्ने विश्वकै दोश्रो ठुलो गढिमाई मेलाको रुपमा प्रख्यात गढिमाई मेला बुधवारबाट शुरु भएको छ ।

मेलाको उदघाटन आज एक कार्यक्रमका विच गढिमाई नगर पालिकाका मेयर श्याम प्रसाद यादवले औपचारिक रुपमा गरेका छन । मेयर यादवले मेलाको उदघाटन गरेसँगै मेला आजदेखी विधिवत रुपमा शुरु भएको छ ।

जिल्लाको गढिमाई नगरपालिका वडा नं ४ सुन्दरपुर स्थित रहेको गढिमाई मन्दिरमा आजदेखी मेला लाग्न शुरु भएको हो । आजदेखी शुरु भएको सुन्दरपुरको गढिमाई मेला मंसिर २० गतेसम्म लाग्ने छ । मेलामा मंसिर १७ गते राँगा र १८ गते खसीको बलि दिने कार्यक्रम रहेको मेला आयोजक गढिमाई विकास केन्द्रले जनाएको छ ।

बाराको बरियारपुरमा विश्कै सबभन्दा ठुलो गढिमाई मेला लाग्ने गर्दछन भने त्यसपछिको दाश्रो ठुलो मेला रौतहटको सुन्दरपुरमा लाग्ने गर्दछन ।

प्रत्येक पाँच पाँच वर्षको अन्तरालमा लाग्ने गढिमेला यस वर्ष लागेको हो । रौतहटमा सात ठाउँमा गढिमाई माईको मेला लाग्ने गर्दछ । सुन्दरपुर, बलुवा मदनपुर, हरैया, दुधियाभार, कनकपुर, माधोपुर सहितको ठाउँमा मेला लाग्न शुरु भएको छ ।

यसैविच गएराति माधवनारायण नगर पालिका वडा नं ६ माधोपुरमा पनि गढिमाई मेला शरु भएको छ । नगर प्रमुख विरेन्द्र यादवले राति मेलाको उदघाटन गरेसँग माधोपुरमा पनि गढि मेला शुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here