समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले लक डाउन प्रभावित दैनिक ज्यालादारी गर्ने तथा विपन्न, गरिब, दलित बर्गलाई खाद्यान्न लगायतका राहत सामाग्री वितरण सम्बन्धी एकद्वार प्रणालीको निति अपनाउने भएको छ । नगरपालिकाले आज एक विज्ञप्ती जारी गर्दै राहत वितरण सम्बन्धी एकद्वार प्रणाली बारे जानकारी गराएकाे छ ।

नगर प्रमुख यागेन्द्र पजियार र निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवद्वारा हस्ताक्षरति विज्ञप्तीमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) भाइरसको सम्भावित संक्रमणबाट नगरबासीलाई जोगाउन नगरपालिकाको सम्पुर्ण साधन श्रोतको परिचालन गर्न कुनै कसर बाँकी नराखी संघिय सरकार र प्रदेश सरकार संग समन्वय गर्दै नगरपालिकाले राहत वितरण लगायतका गतिविधिहरु अगाडी बढाएको उल्लेख गर्दै यस संकटको घडीलाई सबै मिलेर पार गर्ने उद्देश्यका साथ राहत, सहयोग सामाग्री तथा जनचेतनाको कार्य एकद्वार प्रणालीबाट गर्ने गरि व्यवस्था मिलाइएको हुँदा कुनै पनि संघ संस्था व्यक्तीले आफु खुसी यस प्रकारको कार्य नगर्न गराउन जानकारी गराईएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा कतिपय संघ, संस्था र व्यक्तीहरुले नगरक्षेत्र भित्र नगरपालिकाको अनुमति वेगर विभिन्न बस्तीहरुमा राहत एवं सुरक्षा सामाग्रहरु वितरण गर्ने गराउने तथा प्रचार प्रसारका कार्यहरु गर्ने गरेको भन्ने गुनासो नगरपालिकामा प्राप्त भएको हुँदा यसरी आफु खुसी यस प्रकारको कार्य गर्दा संक्रमण व्यवस्थापनमा दोहरोपन आउने, संक्रमण झनै फैलिने जोखिम भएको र उक्त कार्यहरु र काम लक्षित वर्ग सम्म प्रभावकारी नहुने देखिएको उल्लेख गरिएको छ ।

साथै कोहि कसैले नगरक्षेत्र भित्र राहत सहयोग÷सामाग्रि वितरण कार्यमा सहयोग गर्न चाहेमा खाद्यान्न तथा जिन्सी सहयोगको हकमा सामाग्रीहरु आफै सँग सुरक्षीत राखी सो को परिमाणत्मक वितरण सहयोग गर्ने आसयको पत्र नगरपालिकाका इमेल मार्फत तथा नगद सहयोगको हकमा यस नगरपालिकाको राष्ट्रि« बाणिज्य बैंक जनकपुर शाखामा रहेको “ विपद व्यवस्थापन कोषको खाता नं. ग-५-४ १२२०३०५०४९४०४ नाम क्षीरेश्वरनाथ नगरपालिकाका ” मा नगद रकम दाखिला गरी सोको भाउचरको प्रति संलग्न राखि नगरपालिकाको इमेल ठेगाना kshireshwornathmun@gmail.com मा जानकारी पत्र पठाइ सहयोग गर्न सकिने सम्पूूर्ण सहयोग मनहरुमा नगरपालिकाले विज्ञप्ती मार्फत अनुरोध गरेको छ।
नगरपालिका आज जारी गरेको उक्त विज्ञप्तीमा राहत वितरण नगरपालिकाको आफ्नो संयन्त्र मार्फत आवश्यकताको आधारमा वितरण गरिने र दाताहरुको विवरण सार्वजनिक समेत गरिने जानकारी गराइएको छ ।

साथै विज्ञप्तीमा सम्भावित जोखिमको घडीमा नगरपालिकाको अनुमति वेगर कुनैपनि राहत वितरण जस्ता कार्य गर्ने गराउने व्यक्ती, संघसंस्थाहरुलाई सो कार्य गर्नबाट रोकी नियमानुुसार कार्वाही गरी सहयोग गरिदिनको लागि स्थानिय प्रशासनलाई जानकारी समेत गराईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here