समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । कोरोनाको संक्रमित मुक्त भएको भन्दै एकसाता अघि डिस्चार्ज गरिएको रौतहटका एक युवालाई फेरी अस्पताल भर्ना गरिएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवाको एकसाता अघि वीरगंजस्थित नारायणी अस्पतालमा उपचार गरिपनि उनमा थप शंकाष्पद लक्षणहरू देखिएपछि फेरी अस्पताल भर्ना गरिएको छ।

शंकाष्पद लक्षण देखिएपछि उनलाई पुनः नारायणी अस्पताल विरगञ्जको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ। ती युवकलाई २० वैशाख साँझ घरबाट नारायणी अस्पताल ल्याइएको हो। अस्पतालमा उपचाररत अर्का एक जना भारतीय व्यक्तिसँगै संक्रमणमुक्त भएको भन्दै उनीहरू दुवै जनालाई १४ वैशाखमा डिस्चार्ज गरिएको थियो।

१ वैशाखमा कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलसन वार्डमा उपचाररत रहेका ती व्यक्तिमा १० र १३ वैशाखका परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई १४ वैशाखमा डिस्चार्ज गरिएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि उनी आफन्तसँग बस्दै आएका थिए ।

नारायणी अस्पतालका प्रमुख मेसु डा. मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप परीक्षण गर्नुपर्ने भएकोले आइसोलेसन वार्डमा ल्याइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here