समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


बंगलादेश । बाङ्लादेशका प्रधानमन्त्री शेख हसिनाले विधार्थीलाई धान भित्र्याउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री हसिनाले कोरोना कहरकाबीच विधार्थीलाई धान भित्र्याउन निर्देशन दिनुभएको हो ।

कोरोनाका कारण विश्व नै आक्रान्त बनिरहेको अवस्थामा प्रधानमन्त्रीको निर्देशन पश्चात बाङ्लादेशका सत्तारूढ दल बाङ्लादेश अवामी लिगका भातृ संगठन बाङ्लादेश छात्रलिगले कोरोनाको कहरले श्रमिक र मजदुर नपाईरहेको बेला गरिब किसानको धान भित्र्याउन देखि धान झार्नमा जुटेका छन् । प्रधानमन्त्रीले दिएका उक्त निर्देशन साथ बाङ्लादेश छात्रलिगका केन्द्रिय देखि क्षेत्रीय नेता, कार्यकर्ता किसानको धान भित्र्याउनमा जुटेका छन् ।

संक्रमणका कारण बाङ्लादेश आक्रान्त बनिरहेको अवस्थामा किसानलाई धान भित्र्याउन कठिनाइ नहोस् र किसानलाई राहत पुगोस भन्ने उद्देश्यले प्रधानमन्त्री शेख हसिनाले छात्रलिगलाई निर्देशन दिएकि हुन् । प्रधानमन्त्री हसिनाले १८ अप्रिलमा एक पेस वार्ता मार्फत उक्त निर्देशन दिनुभएको हो ।

जन होपकिन्स विश्वविद्यालय अमेरिका का तथ्यांक अनुसार हाल सम्म बाङ्लादेशमा ३७ सय ७२ कोरोना संक्रमित भएका छन् भने १ सय २० जनाको मृत्यु साथै ९२ जना निको भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here