समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सन् २०१९ डिसेम्बरमा एसिया महादेश अन्तरगतको चिनको वुहान शहरबाट संसारभरी नै फैलिएको भाइरसको नाम कोरोना “Covid-19 “नसुन्नेको संसारमा आजको दिनमा विरलै होला ।के आर्थिक रुपले सम्पन्न शक्तिशाली देश?के विकसित देश?के अल्पविकसित देश?के अति कम विकसित देश ?के भूपरिवेष्ठित देश?संसारको चारै तिर कोरोनाको कहर कायमै छ ।एक्काईसौं शताब्दीको संसारमा विज्ञान र मेडिकलको क्षेत्रमा चमत्कार नै भएको मान्ने गरेको संसारमा आज कोरोना (Covid-19)कहर कायमै छ ।अहिले घर-घरमा स्कुल उमेर समुहका बच्चाहरुको मस्तिष्कमा लकडाउन,कोरोना भाइरस जस्ता शब्दहरु उच्चारण गरिरहेको देख्दा उनीहरुमा तनाब र दबाब छ भने कुरा हरेक अभिभावकले आफ्नै आँखाले नियालिरहेको अवस्था छ ।यस सन्दर्भमा कोरोना Covid-19 माहामारीको बीच बिद्यालय शिक्षाको विकल्प खोज्नु आवश्यक छ ।

मानव सभ्यताको उर्लदो विकास यात्रामा उज्यालो पक्ष र अँध्यारो पक्ष दुवै रहदै आएको पाइन्छ ।राज्य संयन्त्रमा औपचारिक शिक्षाको प्रावधान,हरेक क्षेत्रमा प्रमाणपत्रको अनिवार्यता रहदै आएको कारणले अहिले सम्म हामी  विद्यालय शिक्षाको विकल्प सहितको न शिक्षा नीति बनायौं न कार्यन्वयन गरियो मात्र औपचारिक उपलब्धिको अनिवार्यतालाई स्वीकार गरियो र शिक्षा  बिद्यालयमा अनिवार्य उपस्थिति भएर मात्र प्राप्त हुन्छ भन्ने यथार्थलाई कानुनी तथा सामाजिक मान्यता प्रदान गरियो फलस्वरूप यो कोरोना सन्त्रासको बीच विद्यालय कहिले खुल्छ ?भन्ने मानसिकता मात्र बिद्यार्थी तथा अभिभावकमा रहनुले बिद्यालय शिक्षाको विकल्प खोज्नु आवश्यक भएको होइन र ? पक्कै पनि हो, किनकी बालबालिकाहरुको वृद्धि र विकास (Growth and Development) सँग संगै सिकाइ क्रियाकलाप हुनुपर्दछ भन्ने Educational Psychology को स्थापित मान्यता हो ।

विद्यालय शिक्षाको विकल्प :

कोरोना कहरले औपचारिक चौघेराबाट हुने यान्त्रिक सिकाईबाट सिक्न र सिकाउन( Learn and Teach) पाउने परिस्थितिलाई चुनौती दिइएको हुँदा बिद्यालय शिक्षाको कोरोना Covid-19 को कालमा देहायमा उल्लेखित विकल्पहरु (Alternatives) वर्तमान समय तथा परिवेशमा सार्थक हुनेछ।

विकल्प नं.-१

  • Home Schooling को Concept  लाई व्यवहारमा परिस्कृत गर्ने :

प्राचिन कालदेखि नै विद्यालयलाई वालकको पहिलो पाठशाला घर र आमा-बुबा लाई पहिलो गुरुको रुपमा स्वीकार गरिएको समाजमा हामि नेपाली वसोबास गरिरहेको छौँ।तसर्थ हाम्रो यो परिदृश्यलाई अभिभावकहरुले बिद्यार्थीहरुलाई दैनिक पाठ्यपुस्तकका अतिरिक्त पृथक तर जीवनमा अतिउपयोगी हुने सिकाइमा संसार ठुलो छ भन्ने समयको रुपमा प्रयोग गर्नुपर्दछ ।सिकाईमा स्थापित मान्यता “Learning by Doing”लाई व्यवहारमा प्रयोग गर्ने कोरोना कहरमा अवसरको रुपमा लिनुपर्दछ ।यसकालागी :

घरको कामबाट सिकाउने व्यवहारमा सिकाउने :

भारतको एकजना प्रसिद्ध शिक्षक तथा शिक्षाविद्ध गिजुभाई का अनुसार बालबालिकाहरुलाई घरको कामबाट व्यावहारिक सीप तथा ज्ञानहरु दिन्न सकिन्छ भन्ने कुरालाई जोड दिइएको छ।यसका लागि अभिभावकहरुले आफ्ना बालबालिकाहरुको पठनपाठनमा सघाउ पुर्याउने ,सरसफाई,घरायासी कामकाज,नैतिकता ,अनुशासन आदि जस्ता पक्षहरुमा ध्यान केन्द्रित गरी सिकाईका स्थापित existence component हरुको खोजि गरी घरलाई mini school को रुपमा स्थापित गर्ने तर्फ अभिभावक अग्रसर हुनुपर्दछ ।

सिर्जनात्मक काम गराउन सकिन्छ :

“Each individual are difference and Each individual have different potentialities.” बालकमा अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्ने उपयुक्त Climate निर्माण गर्ने तर्फ सरोकारवाला अभिभावकहरु आफ्ना महोत्वपूर्ण समय व्यतित गर्नुपर्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने कुरा Covid-19 को कालमा हामीले हाम्रो Responsibility and Accountability लाई बोध गरेर अगाडी बढ्नुपर्छ ।यसको लागि संगीत,चित्रकला ,लेख्न अभ्यास,सामग्री निर्माण,सुक्ष्म परियोजना कार्य आदिको लागि घरमा उपयुक्त माहौलको निर्माण गरिनुपर्दछ ।

स्वतन्त्र अध्ययनको व्यवस्था:

Text book, References books ,साहित्यिक पुस्तक

धार्मिक पुस्तकहरु

उपन्यास,जीवनीको अध्ययन

  • खेल (Playing):

शारीरिक र मानसिक रुपमा व्यस्त हुने खालका खेलहरुबाट पनि बच्चाहरुलाई सिकाईमा सक्रिय गराउन सकिन्छ।जस्तै :

  • अन्तारक्षी ,शब्दजाल ,Puzzles
  • Family game (Ludo , Carom board, Badminton, Basketball,कब्बडी )आदिमा

अत:Ivan illich ले बिद्यालय विहिन समुदाय (De Schooling society) भन्ने पुस्तकमा विद्यालयीकरण गर्न नहुने विचार व्यक्त गरे ।Remmer ले “The School is Dead” भन्ने पुस्तकमा लेखेर विद्यमान बिद्यालय प्रणालीको कटु आलोचना गरेको यथार्थता बोध भईरहेको छ ।यस सन्दर्भमा प्राचिन कालदेखि नै “घर”पहिलो बिद्यालय र आमा-बुबा पहिलो शिक्षक हो भन्ने सभ्यता बोकेको हाम्रो समाज (Covid-19) कोरोना कालमा उक्त चरितार्थलाई आत्मसात गर्नुको विकल्प छैन ।यसका लागि घरमा अग्रजहरुले आफ्ना नानीबाबुहरुको लागि Home Schooling को concept अवलम्बन गरिनुपर्दछ ।   

विकल्प नं २:

E-learning को Climate निर्माण :

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको मिति २०७६/१२/१२ को पत्रबाट बिभिन्न Online /Portal/website को बारेमा सूचना प्रबाह गरेको हुनाले यी web -portal हरुको बारेमा व्यापक प्रचारप्रसार गरी  E-learning मा जोड दिनुपर्दछ ।

  • Grades 6-8 English,Math,Science,Content https://moest.himaldthtechies.com
  • E-pustakalay
  • Free and open digital library https://pustakalay.org
  • Children’s stories and games htts://pustakalay.org

यी बाहेक पनि बजारमा विभिन्न  Teaching apps हरु निर्माण भई पठनपाठनको लागि प्रयोग भईरहेको छ ।जस्तै E-midas लगायतका अन्य Teaching Learning apps हरुमा बिद्यार्थीहरुको पहुँच पुग्नु आवश्यक छ ।साथै विभिन्न browser हरुको पहिचान तथा अध्ययन कार्य गर्न सकिन्छ ।

विकल्प नं. ३:

Learning at Home from third party:

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको हुँदा स्थानीय तहहरुले बिद्यालय सँग समन्वय गरी स्थानीय एफ,एम,रेडियो,टि.भि.बाट “Learning at Home” नामको कार्यक्रम संचालन गर्न ढिलो गरिनुहुदैन ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा विकास निर्देशनालयले प्रदेश अन्तरगतको जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाई (EDCU) हरु सँग समन्वय गरी सिकाईको प्याकेज ,online course को निर्माण गरी शैक्षिक कार्यक्रम संचालन गर्न गराउन आवश्यक पहलकदमी तत्कालै हुनुपर्छ ।

संघ सरकार मातहतको शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयको सौजन्यमा NTV Plus बाट SEE लक्षित Virtual Classes संचालन भईरहेको अवस्था रहेको भएतापनि आगामी दिनमा सबै कक्षाका सबै विषयहरु Virtual कक्षाका पाठहरू उत्पादन गरी सबै केन्द्रिय रेडियो र टेलीभिजनबाट सहकार्य र समन्वय गरी प्रसारण गर्ने व्यवस्था मिलाउनुपर्छ ।

विकल्प नं ४ :

विद्यालयलाई विद्यार्थीको घर-घरमा पुर्याउने :

इन्टरनेटको पहुँच वृद्धि गरी विद्यालयबाट संचालन हुने शिक्षण सिकाई क्रियाकलाप (TLA)र मुल्यांकन प्रणालीलाई Online course study र परीक्षा प्रणाली विकास गरी कोरोना (Civid-19)जस्ता महामारी विपत परेको बेला विद्यालयलाई विद्यार्थीको घर-घरमा पुर्याउनु पर्दछ ।यसको लागि आवश्यक विज्ञको अध्ययन तथा अनुसन्धान आवश्यक पर्दछ ।तसर्थ तिनै तहको सरकारको यस विषयमा गम्भीर हुनुपर्नेछ ।

१.२.अन्त्यमा :

लकडाउनमा केही काम छैन भनेर अभिभावक भुल्नु भन्दा आफ्ना नानिबाबुहरुको गतिविधिमा संलग्न भई जीवनपयोगी तथा सांस्कृतिक ज्ञान हस्तान्तरण गर्न एक किसिमले विद्यालयको विकल्प पनि हो ।यसले घरायसी माहोल बिद्यालय जस्तै हुने साथै एक किसिमले घर भित्रै रमाइलो र दुई पुस्ताबीच सांस्कृतिक संस्कार हस्तान्तरणको अवसरको रुपमा रहनेछ ।अहिलेको कोरोना कालमा हाम्रो देश नेपालको तिनै तहको सरकारहरुले नेपालको शिक्षाको क्षेत्रमा औपचारिकता मात्र खोजी कार्यमा सिमित नराखी विद्यालयहरुको लागि अनलाइन कक्षा,भर्चुअल कक्षा ,डिजिटल कक्षा ,श्रव्य दृश्य कक्षा जस्ता विभिन्न प्रविधिहरुको प्रयोग गरी सिकाई अगाडी बढाउन सकिन्छ ।यो विकल्पहरु कोरोना कालमा बिद्यालय शिक्षाको स्वर्णिम सेतु बन्न सक्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here