समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम । मिथिलाञ्चलमा मनाइने चैती छठ पर्व यसपाली जनकपुरमा घरको आँगनमा तथा छतमै मनाउदै गरेको देखिएको छ । भने जनपुरको गंगासागर यसपाली सुनसान रहेको हो ।
यो पर्वमा नदी वा पवित्र जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ् दिने विधि रहेता पनि यसपाली घरआँगनबाटै अर्घ् दिने देखिएको हो ।
पर्वको मुख्य दिन आज निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधि सम्पन्न गरिएको हो । सूर्यदेवको उपासना गरिने यो पर्व उल्लासमय वातावरणमा मनाइने परम्परा रहँदै आएपनि यसपाली पर्वकै बेला संसारभरि नै कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रास छाएको हुँदा सरकारले यसको सङ्क्रमण बढ्न नदिन ‘लक डाउन’ जारी गरेको बेला पर्वका विधि क्वरेण्टीनमा रहँदै घरकै आँगन तथो छत आदिमा अर्घ्य दिइ सम्पन्न गर्न लागिएको हो ।
छठमा पवित्र जलाशयमा घाट सजाउने मैथिल परम्परा रहेपनि यसपाली ‘लक डाउन’ले नहुने भएको हो ।
आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर भोलि सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न गरिने छ ।