समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जानकी मन्दिरलाई विश्व संम्पदाको सुचिमा सुचिकृतका लागि अभियान चलिरहेको बेला जनकपुरधाम उपमहानगरपालिकाले जानकी मन्दिरको फुलबारीको जग्गा अतिक्रमण गरेको विषयलाई लिएर मंगलबार करिब साढे ११ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको प्रतिक्रिया लिन कान्तिपुर टिभीका संवाददाता अमरकान्त ठाकुर मेयर साहको कार्यकक्ष बाहिर पुग्छन् । मिटिंग चलिरहेको भन्दै केही बेर समय लाग्ने भन्दै मेयर साहका सहयोगीहरु पर्खिन भन्छन् । जानकी मन्दिरको जग्गा अतिक्रमण बारे समाचारको प्रतिक्रिया लिन एक दिन पूर्व टेलिफोन कुराकानीमा मेयर साहले ठाकुरलाई पछि कल ब्याक गर्ने जवाफ दिएका थिए । भोली पल्टसम्म फोन नआएपछि ठाकुरले उनलाई निरन्तर फोन लगाए, फोन उठेन ।

एकातिर कार्यालयमा सूचना अधिकारी नहुनु र मेयर साहले पनि प्रतिक्रिया जनाउन आलटाल गरेपछि कार्यालय पुगेरै प्रतिक्रिया लिने योजना बनाएका ठाकुरले कुरेर भए पनि प्रतिक्रिया लिएर जाने मनस्थितीमा थिए । केही बेरपछि एपी वान टिभीका प्रदेश ब्यूरो प्रमुख विकास साह र क्यामरा पर्सन सत्रुध्न यादव पनि प्रतिक्रिया लिन भन्दै त्यहाँ पुग्छन् । ठाकुरले यसअघि नै आफ्नो नामसहितको स्लिप मेयर साहबलाई पठाउन लगाएका थिए । कार्य कक्ष बाहिर लामो समयसम्म बसिरहँदा नेता कार्यकर्ता र सर्वसाधारणहरु मेयरको कार्यकक्षमा पस्दै निस्किदै गरिरहेका थिए । दिउँसोको १ बजिसकेको थियो । मेयर साहका पिएसओ (सुरक्षा गार्ड) , स्वकीय सचिव सुमित साह र दिपेश साहले पत्रकारहरु बसिरहेको नियालिरहेका थिए ।

उनलाई पनि मेयर साहलाई कुरिरहेको विषयमा भनि दिन भनिया,े केही लागेन । अन्ततः केहीबेर पछि मेयर साहका सहयोगी शोभा काफ्ले आइन् र अझै समय लाग्ने बताइन् । ठाकुरले “के हुँदैछ भित्र जाउँ , कार्यकर्ताहरु आउजाउ गरिरहेका छन् , हामी पनि गएर सोधौं , के भन्नु हुन्छ ?” भन्दै भित्र प्रवेश गरे । संगै एपी वानका ब्यूरो प्रमुख साह र क्यामरा पर्सन यादव पनि भित्र प्रवेश गर्छन् । मेयरको कार्यकक्षमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष अशोक रौनियार लगायतका व्यक्तिहरु पहिला देखि नै बसिरहेका थिए । ठाकुरले मेयर साहलाई नमस्कार गर्दै प्रतिक्रिया लिन आएको भन्दै मेयर साहलाई जानकारी गराउँछन् ।

मेयर साहले एक छिन पर्खनुस् भनि जवाफ फर्काउँछन् । धेरै बेर समय प्रतिक्रिया दिंदैनन् , मिडिया आतंक फैलाएर राखेको भनि भन्छन् । ठाकुरले पनि “ हाम्रो पूर्वअध्यक्ष यही हुनुहन्छ हामीले के मिडिया आतंक फैलाएका छौं” भनि प्रश्न गर्छन् । कुराकानी चलिरहँदा मेयर साहका समर्थकहरु बीच बीचमा ठाकुरलाई जिस्काउन थाल्छन् । एपी वानका साह भने अवस्थालाई समान्य पार्ने भूमिका खेल्दै प्रतिक्रिया तर्फ केन्द्रित हुन भनिरहेका हुन्छन् ।

भिडियो यहाँ :

पूर्वअध्यक्ष रौनियार भने मौन भएर साक्षी बसिरहेका थिए । कुराकानी चलिरहँदा मेयर साह ठाकुर तर्फ अघि बढ्छन् भने पछाडीबाट मेयरका सहयोगीहरु ठाकुरालाई बीचमा पार्छन् । लगत्तै मेयरका स्वकीय सचिव साह, नगर प्रहरी र समर्थकहरु ठाकुरलाई धकेल्दै बाहिर निकाल्छन् । क्यामरा बन्द गर्न भन्दै पत्रकारहरु माथि हातपात सुरु हुन्छ । सोही क्रममा एपीवानका पत्रकार साह र सत्रुध्न यादव पनि दूव्र्यवहारको शिकार हुन पुग्छन् । कार्यकक्ष बाहिर तनाव भइरहँदा पहिलो पोष्टका सुमित मिश्र र उज्यालो अनलाइनका सुभास कर्ण पनि पुग्छन् । त्यसपछि घट्नाबारे जानकारी पाएका नेपाल पत्रकार महासंघ धनुषका अध्यक्ष अनिल मिश्र पनि आउँछन् र मेयर साहसंग कुराकानि गर्न उ कार्यकक्षमा छिर्छन । भित्र कुराकानी चलिरँहदा मेयरका आफन्त,कर्मचारी,र नगरप्रहरीहरुको एक समूह साहको कर्यकक्ष भित्र छिर्छन भने अर्को समूह बाहिर भएका पत्रकारहरु माथि जाइलाग्छन् त्यसै क्रममा भित्र भएका अध्यक्ष मिश्र बाहेकका पत्रकारहरुलाइ हातपात र संचारसमाग्रि खोस्दै बाहिर निकाल्छन् सोहिक्रममा केहीले पत्रकार अमरकान्त ठाकुरलाइ पिट्दै,खसाल्दै बाहिर ल्याउँछन् त्यही क्रममा फोटो खिचिरहेका सुमित मिश्र पनि उनीहरुको सिकार बन्न पुग्छन र उन्लाइ भुइमै सुताइ कोही पाइप त् कोही हेल्मेट र मुक्काले प्रहार गदै क्यामरा र मोबाइल खोस्छन् ।

त्यस्तै अर्का माथिबाट आएका समूहले बाहिर उभिरहेका देश संचारका जनकपुर संबाददाता राजा झा माथि समेत हेल्मेट प्रहार गर्छन र झापनि घाइते हुन्छन् त्यस्तै घट्ना न्यालिरहेका उज्यालो नाइन्टि नेटवर्कका संबाददाता सुभाष कर्णपनि उनीहरुको सिकार बन्छन् र घहिल हुन्छन् । त्यसक्रममा दर्जनौ पत्रकारहरु घाइल हुन्छन तर गम्भिर भने ४ जनामात्र उप्चारका लागि प्रादेशिक अस्पतालमा पुग्छन । अस्पताल पुग्दाको दृष्य भने गज्जबकै देखिन्छ “केहि महिलाहरु अस्पतालमा भर्ना थिए“उनीहरुले पत्रकारहरुले उल्टै आफुहरुसंग दुव्र्यवहार गरेको भन्दै प्रादेशिक अस्पताल प्रदेस नम्बर २ का अध्यक्ष सन्जय सिंहलाइ सुनाउदै थिए” र कि पत्रकार महासंघ धनुषाका अध्यक्ष नगरपालिका छिरेपछि उनको कार्यकर्ताहरुले हामीलाइ कुट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here