समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पहिलो पटक शुक्रवार जनकपुरधाममा विभिन्न चार तौल समुहको कुस्तीमा भारतले चारवटा स्वर्ण पदक जित्दा नेपालकाे तीनअाेटा स्वर्ण जित्ने सपनामाथी प्रहार भएकाे छ । त्यस्तै नेपालले स्वर्ण पदक जित्न नसकेपनि एउटा रजत(सिल्वर) र तिनवटा कास्य (ब्रोन्ज) पदक जितेको छ ।

महिलातर्फ ५० केजी तौल समुहमा भारतकी शितलले पहिलो स्थान हासिल गरेर स्वर्ण पदक जितेकी छिन् भने श्रिलंकाकी निरोसानीले रजत र नेपालकी मनिषाले कास्य पदक जितेकी छिन् ।

त्यस्तै महिलातर्फ ५३ केजी तौलमा भारतकी पिंकीले स्वर्ण, नेपालकी सवांगीले रजत र श्रीलंकाकी समिकाले कास्य पदक जितेकी छिन् ।

त्यस्तै पुरुषतर्फ ५७ केजी तौलतर्फ भारतका राहुलले स्वर्ण, श्रीलंकाका कथोरनगानाले रजत र नेपालका नरेश प्रसाद यादवले कास्य पदक जितेका छन् ।

त्यस्तै पुरुषतर्फ नै ६५ केजी तौलमा भारतका अमितले स्वर्ण, श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कास्य पदक जितेका छन् ।

आज भएको खेलमा नेपालले एउटा रजत र तिनवटा कास्य पदक हासिल गरेका छ भने भारतले चारवटै स्वर्ण पदक जितेका छन् भने बांगलादेशले एउटा पनि पदक जितेको छैन् ।

यस भन्दा पहिले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा खेलका उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here