समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २३ पुस ।

न्यायाधीश ईश्वरीप्रसाद खतिवडा र पुरूषोतम भण्डारीको संयुक्त इजलासले कैलाली जिल्ला अदालतको आदेशलाई सदर गर्दै सर्वोच्च अदालतले सांसद रेशम चौधरीलाई रिहा गर्न अस्वीकार गरेका छन् ।

चौधरीमाथि किटानी जाहेरी परेको र सहअभियुक्तहरुले पनि बयानका क्रममा उनको निर्देशनमा घटनामा संलग्न भएको बयान दिएका थिए ।

सर्वोच्चको आदेशमा भनिएको छ,‘चौधरीले कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यामान रहेको भन्ने २०७४ फागुन १४ को जिल्ला अदालतको आदेश र उच्च अदालत दिपायलको २०७४ चैत २२ को आदेश मिलेकै देखिन्छ ।’ उनले पाँच दिन अघि मात्रै सांसद् पदको सपथ ग्रहण गरेका थिए ।

साभार : नयाँ पत्रिका

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here