समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरटाईम्स डट कम अनलाइनमा २०७६ मंसिर १० गते प्रकाशित ‘हँसपुर नगरपालिका : दश प्रतिशत कमिशन तिर्नुस अनि चेक लिनुस’ शीर्षकमा समाचार छापिएकोमा सो समाचारबाट हँसपुर नगरपालिका र नगरपालिकाका कर्मचारीलाई आघात पुग्न गएकोमा यस अनलाइनले दुःख व्यक्त गर्दछ ।

सो समाचारमा कमिशन लिएर चेक दिँदै गरेको लेखिएकोमा कार्यालय प्रमुखले आफुहरु त्यस्तो केही नगरेको र कार्यलयको कामकाज सहज होस् भनी उदेश्यका साथ कार्यलय समयभन्दा अगावै कागजपत्र मिलाई रहेको बेला तस्बिर खिचेर आफुलाई बदनाम गर्ने नियतले समाजिक संजालमा एक व्यक्तिले फोटो राखेको प्रमुख प्रशासकीय अधिकृत हरिशँकर यादवले दुखेसो पिखेका छन् ।

गत आर्थिक वर्ष २०७५।०७६ कै कार्यहरुको निरन्तरता दिँदै दिँदै हामीले ८५ वटा योजनाको कार्यदेश दिएर योजना सम्पन्न गराएपनि बिल भुक्तानी नपाएको उपभोक्ता समितिहरु, ठेकेदार लगायत सेवाग्राहीको चाप धेरै भएकोले नगरपालिकाको कार्यलयमै सम्पुर्ण कागजपत्र मिलाएर चेक काट्ने काम सम्भव नभएपछि कार्यलय भन्दा बाहिर कागजात मिलाउनु पर्ने बाध्यता रहेकोे प्रमुख प्रशासकीय अधिकृत यादवले बताएका छन् ।

हँसपुर नगरपालिकामा आफु आएको ८ महिना भएको हो तर ८ महिना पहिले सप्पन्न भएको योजनाको बिल भुक्तानी अहिलेसम्म भएको छैन् प्राविधिकले योजना निरीक्षण गरि ल्याएको फाइल त्यतिकै लथालिङ्ग अवस्थामा छन्, त्यस्ता कागजात मिलाउनु पर्छ मुल्यांकन गराउनुपर्छ उनले बताए । करिब ७–८ महिना पहिले काम गरेपनि अहिलेसम्म भुक्तानी नपाएकाहरुको पिडा मार्का बुझेर हामी काम गर्न खोज्दा केहि व्यक्तिले उल्टै हामीलाईनै बदनाम गर्न खोजेका अधिकृत यादवले बताए ।

कर्मचारी भनेको स्थायी सरकार हौं हामीले जनतालाई सेवा प्रदान गर्नुपर्छ भने दायित्व बुझेका छौं त्यसैले कुनै पनि निकायलाई सफल बनाउन कर्मचारी प्रशासनको भुमिका महत्वपुर्ण हुन्छ यसमा दुईमत छैन् तर जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले जनताबाट पाएको जिम्मेवारी बिर्सेर आफैमा लडाइ गरेर त्यसको अपजसको बोझ कर्मचारीको टाउकोमा थुपार्नु भएन उनले बताए ।

उनले समितिहरु ७–८ महिना पहिलेनै ऋण लिएर काम गरेको होला कसैले सामाग्री उधारो लिएर प्रयोग गरेका होला तर अहिलेसम्म चेक नपाएको अवस्थामा उनीहरूको मनमा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिमाथि आक्रोश बढ्नु स्वाभाविक हो हामी उनीहरूको भुक्तानी गर्न लागिपरेका छौं तरपनि हामीले दुःखी मन र हाँसिलो अनुहार देखेर चेक काट्ने होईन हामी त प्रक्रिया पुर्याएर चेक काट्ने हो समय लाग्छ त्यसैले दिनरात खटेर उहाँहरुको काम गरिरहेको बताए ।

कार्यलयमा नभ्याएको काम हामीले आफ्नै कोठामा पनि गरिरहेका हुन्छौं त्यस्तो अवस्थामा कसले आएर फोटो खिचेर समाजिक संजालमा हाल्दै फलानो अधिकृत बन्द कोठामा चेक काट्दै र कमिशन लिईरहेको भनेर बदनाम मात्र गर्न खोजिएको अधिकृत यादवले बताए ।

अधिकृत यादवले भने, साच्चै भन्ने हो भने हामीले अलि बढी मेहनत गरेर उपभोक्ता समिति र ठेकेदारको बिल भुक्तानी नगरेको भए नगरपालिकामा कति खेर कुन कर्मचारीलाई हातपात गरिन्थ्यो ठेगान छैन्, हामी उहाँरूको आक्रोश देखेका छौं हाम्रो गल्ती नभएपनी उहाँहरुको गाली सुनेका छौं बताए । तर, त्यो गाली भन्दा पनि उहाँहरुको आक्रोश थियो । दैनिकी कार्यलयमा आएर जनप्रतिनिधि लगायत कर्मचारीलाई थर्काउने गर्थे । यहाँसम्म की केही दिन अगाडी केही व्यक्तिहरुले नगरपालिकामा आएर कार्यालयको कुर्सिहरु समेत तोडफोड गरिदिएका थिए ।

त्यसस्तै प्रकाशित समाचारमा सार्बजनिक भएको फोटोसँग र दश प्रतिशत कमिसनको कुरा त्यो गलत हो हामीले कसैसँग कुनै कमिसनको शर्तमा चेक काट्ने गरेका छैनौं तर समाचार आयो केही व्यक्ति विशेषले आरोप लगाएको गलत रहेको अधिकृत यादवले बताए ।

के नगरपालिकामा अधिकृत र लेखापाललाई कमिसनमा चेक काट्न जनप्रतिनिधिहरुले छुट दिएका छन् त ? हामी दश प्रतिशतमा चेक काट्छौ भने जनप्रतिनिधिहरु मुखदर्शक बनेर बस्छ त ? उनले प्रश्न गरे । उनले भने हामीलाई नेपाल सरकारले जनताको काम गर्न पठाइएको छ सरकारले तलब खुवाए रहेका छन् अनि कसैको काम गरे बापत कमिशन किन चाहियो ? कसैबाट कमिसनको नाममा पैसा लिएको प्रमाण देखाउनु सक्नुपर्छ कसैले भनेको भरमा भ्रष्टाचार जस्तो अपराधको बिल्ला भिडाउनु भएन त्यसको लागि ठोस प्रमाण चाहिन्छ । वास्तवमा हामी दोषी ठहरिए भने कानुन बमोजिम सजाय भोग्न तयार छु अधिकृत यादवले स्वीकरे ।

समाचार सहित प्रकाशित भएको फोटो खिच्ने व्यक्तिले समाचार प्रकाशित भएपछि मैले भुलचुकमा फेसबुकमा राखेको भनी कार्यालयमा लिखित निवेदन दिएका थिए । मैले खिचेको तस्वीरबाट गतल व्याख्या हुन गएको भनी स्वीकार गरे ।

यसअघि प्रकाशित समाचार :

हँसपुर नगरपालिका : दश प्रतिशत कमिशन तिर्नुस अनि चेक लिनुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here