समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर (नगर प्रमुख) उदय कुमार बरबरियालाई धनुषाको उत्कृष्ट मेयरको रुपमा सम्मान गरिएको छ ।

शनिबार अधिकृत सँगम धनुषाको १२ औं वार्षिक साधारण सभामा मुलुककै कान्छो मेयर समेत भनेर चिनिने मेयर बरबरियालाई नगरमा विकासको लागि दिएको योग्दान तथा जनताप्रतिको भूमिकालाई कदर गर्दै सम्मान गरिएको हो । प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री मो. लालबाबू राउतले सँयुक्त रुपमा मेयर बरबरियालाई सम्मान गरेका छन् ।

मुलुकमा संघीय संरचना पछि बनेको स्थानीय सरकार मध्ये प्रदेश नं २ को धनुषा शहिदनगर नगरपालिकाबाट नगर प्रमुख मेयरको रुपमा निर्वाचित भएदेखि नगरको विकास निर्माण, कृषि तथा पशुपालन व्यावसायको विकास, विपदको समयमा आफ्नो नगरवासीको उद्धार एवम् राहतको साथै नगरक्षेत्रको शिक्षा, स्वास्थ्य क्षेत्रमा विकासको नमुना झल्काएको भन्दै सम्मान गरिएको छ ।

यसका साथै नगरको गरिबीको रेखालाई तल झार्नको लागि देखाएको सक्रियतामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । मेयर बरबरियालाई प्रदेश प्रमुख परियार र मुख्यमन्त्री राउत सँयुक्त रुपमा दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरेका छन् ।

प्रसँसा पत्र ग्रहण गर्दै मेयर बरबरियाले प्रदान गरिएको सम्मान, प्रशँसा समग्र शहिदनगरवासीको वरदान र देन रहेको बताएको छ । उनले– “यस्ता कार्यको लागि मलाई सधैं सघाउने मेरा अग्रज, सल्लाहकार, हाम्रा शहिदनगरवासी प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । यसका साथै, आगामी दिनमा पनि निरन्तर साकारात्मक विकासको लागि मेरो कदम निरन्तर चलिरहने प्रतिवद्धता समेत गर्न चाहन्छु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here