समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूको विवरण अद्यावधिकको काम थालेको छ। 

मन्त्रालयले मातहतका निकाय तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई सात दिनभित्र व्यक्तिगत तथा कामसम्बन्धी विवरण अद्यावधिक गर्न १४ पुसमा पत्राचार गरेको हो। 

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको मन्त्रालयले धेरै त्रुटी भेटेपछि समायोजन सच्याउने गृहकार्यसमेत थालेको छ। 

मन्त्रालय स्रोतका अनुसार सरुवा, बढुवा लगायतका कामलाई चुस्त दुरुस्त बनाउन तथा कर्मचारीहरूको ताजा विवरण यकिन अद्यावधिकको काम शुरु गरिएको हो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here