समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, ३ पुस ।
सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारीहरूले मंगलवार पनि कामकाज ठप्प पारेर कार्यालय अगाडी धर्ना दिएका छन् । कर्मचारीको धर्नाले गर्दा सेवाग्राहीहरु प्रभावित भएका छन् ।
पेसागत स्थायित्वका लागि कर्मचारी समायोजनमा सबै सेवा र समूहबिच समान व्यवहार नभएकाले विभिन्न माग राखी स्थानीय तहका संघसंगठन युनियन, एसोसिएसनहरु संयुक्त रूपमा आन्दोलनमा उत्रेका हुन् ।
नगरपालिकाका कर्मचारीहरु कार्र्यालय अगाडी बसेर कामकाज ठप्प पारेर आन्दोलनमा उत्रेका हुन् । आज बिहान १० बजे देखि १२ बजेसम्म र बुधवार १० बजेदेखि २ बजेसम्म हातमा कालोपट्टी बाँधेर कामकाज ठप्प हुने स्थानीय तह कर्मचारी संघ नेपाल प्रदेश नंं. २ का अध्यक्ष बिजय यादवले बताए
क्षीरेश्वरनाथ नगरपालिका सहित मुलुकभरका सबै स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रेका छन् । पुस ११ गतेसम्म पहिलो चरणको आन्दोलनका घोषणा गरेका छन्।