समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाका २१ दलित परिवारलाई नागरिकता वितरण गरिएको छ । कर्जन्हा नगरपालिकाको सहयोग तथा मुक्ति नेपालको सहकार्यमा नगरपालिका भित्रका २१ दलित परिवारहरुको नागरिकता बनाइएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय सिरहाबाट उनीहरुलाइ नागरिकता दिइएको हो ।

नगरपालिकामा धेरै दलित समुदाय भएको र त्यस मध्ये कतिले नागरिकता नपाएका कारण राज्यबाट पाउनुपर्ने सेवा सुविधालगायत धेरै कार्य गर्नबाट बञ्चित रहेकाले नगरवासीलाई नागरिकता बनाउने अभियान सुरु गरिएको कर्जन्हाका नगर प्रमुख गंगा पासमानले बताए । दलित र गरिब परिवारलाई सहज रुपमा नागरिकता दिनका लागि नगरपालिकामा दुई पटक नागरिकता टोली र नागरिकता लिनका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको नगर प्रमुख पासमानले बताए ।

मुसहर समुदायहरुको नागरिकता प्राप्तिका लागि कर्जन्हा नगरपालिकामा सक्रिय रहेको मुक्ति नेपालले अगुवाई गरी कर्जन्हा नगरपालिकाको विभिन्न वडाको २१ जनालाई नागरिकता दिन लगाइएको र त्यसमा जिल्ला प्रशासन कार्यालय सिरहाले समेत सहयोग गरि एकै दिनमा आवश्यक कागजात पुगेका सबैलाई नागरिकता दिइएको मुक्ति नेपालको कार्यक्रम संयोजक अशोक कुमार कामतीले बताए ।

कर्जन्हा नगरपालिकाले सबैलाई आवश्यक कागजात बनाइ गाडीको व्यवस्था गरि जिल्ला प्रशासनबाट नागरिकता बनाउनमा सहयोग गरेको हुँदा आफुहरु निकै खुसी भएको ४६ वर्षकी जितनी देवी सहनीले बताए । उनले यस प्रकारको सहयोगको अझै नगरपालिकाबाट अपेक्षा गरेको सुनाइन । त्यस्तै सुरेश सदा, सोलिन्द्र सदालगायत नगरपालिकाको २१ जना दलित परिवारलाई नागरिकता दिइएको मुक्ती नेपालकी मनिषा सिंहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here