समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । कान्तिपुर टेलिभिजनबाट प्रसारण भईरहेको ‘कमेडी च्याम्पियन’को टप ९ मा पनि आदर्श मिश्राले आफ्नो दबदबा कायमै राखेका छन् । नेपाल तथा भारतका समेत कमेडीयनहरुले भाग लिएको कमेडी शो मा २५ जना प्रतिस्पर्धीहरु छनौट भएका थिए ।

ती प्रतिष्पर्धीहरुसँग प्रतिष्पर्धा गर्दै आदर्शले शनिवार टप ९ मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएका हुन् । शनिवार आएको नतिजाबाट आदर्श टप ९ मा परेका हुन् । शो का लागि टप ३ सम्म हुने प्रतिस्पर्धामा अब टप ८ को लागि आदर्श छनौट भएका छन् । शो को टप ९ को नतिजा शनिवार बाहिर आएसँगै टप ८ को लागि पनि कार्यक्रम शनिबार नै रेकर्ड भईसकेको छ ।

पुष ५ गते शनिवार रेकर्ड गरिएको कार्यक्रम टेलिभिजनमा सोमबार र मंगलबार प्रसारण हुनेछ । कार्यक्रम प्रसारण पछि हुने टप ८ काे प्रतिस्पर्धाको लागि पुष ८ गते मंगलबार बिहानको १० बजेदेखि पुष ११ गते शुक्रबार दिउँसो १२ बजेसम्म भोटिङ्ग हुनेछ । मधेशबाट प्रतिनिधित्व गर्दै कमेडी च्याम्पियनमा आदर्शले आफ्नो कमेडीबाट सबैको मन जित्न सफल भईरहका छन् ।

प्रदेश २ को बारा जिल्ला जीतपुर घर भएको आदर्श मिश्राको नाम चर्चामा छ । कतिपयले शो को बिजेता पनि आदर्श नै हुने भने पनि अनुमान लगाईरहेका छन् । मधेसको वास्तविक कथा र मधेसीले काठमाडौं लगायत अन्य शहरमा हुने समस्यालाई व्यंग्यात्मक प्रस्तुती दिँदै आएको मिश्रा देशभ रनै लोकप्रिय हुँदै गएका छन् ।

आदर्शको कमेडी शैलीलाई लिएर दर्शक उत्साहित भएका छन् । फिजिकल अडिसनमा एकाएक चर्चामा आएको आदर्श लगातार आफ्नो दमदार प्रस्तुतीका कारण आदर्श दर्शकमाझ लोकप्रिय मानिएको छ । एकै विषयवस्तुमा धेरै कुरा अटाउने उनको खुबीको सबै तिरबाट तारिफ हुने गरेको छ ।

आदर्शलाइ भाेट गर्न माेबाइलमा इसेवा एप डाउनलोड गरी भोट गर्न सकिनेछ ।

याे पनि : कमेडीमा जम्दै मधेसका आदर्श मिश्रा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here