समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
अमरेन्द्र कुमार यादव, जनकपुरधाम । कलाकारको लागि प्लाटफर्म हुनु एकदमै आवश्यक हो । देश तथा विदेशमा भर्खरका कलाकारहरु विभिन्न रियालीटि शोे को विभिन्न कार्यक्रम मार्फत प्रवेश गरी आजको दिनमा सिनेमा क्षेत्रका उच्च शिखरमा छन् ।
नेपालमा अहिले रियालिटी शोको क्रम बढ्दो छ । सोही क्रममा नेपालमा पनि केहीदिन अघि कलाकारहरुमा छुपेको प्रतिभालाई दर्शक सक्षम ल्याउन नायिका केकी अधिकारी, राज घिमिरे र सृजा थपलियाको लगानीमा एउटा रियालीटि शोेको लन्च भयो । त्यो शोे हो ‘कमेडी च्याम्पियन’ । रियालीटि शोे मा देशभरीको कलाकारहरुबाट अडिसन लिई २५ जना छनौट गरिएको थियो ।
शोे एकदमै रोचक छ । जो सुकैले हेर्नैपर्ने शो हो ‘कमेडी च्याम्पियन’ । शोे हेर्दा नहाँसी कोही बस्न सक्दैन । हुन त नामै हो कमेडी च्याम्पियन जहाँ कमेडीका च्याम्पियनहरु हुन्छन् त्यहाँ हसाउने एक से एक कलाकार हुन्छ भने सहजै बुझ्न सकिन्छ ।
शोे मा होस्ट गरिरहेकी नायिका रीमा विश्वकर्माले जब भन्छ मेधशको शान कमेडियन नं. वान अनि टेलीभिजनमा चलिरहेको रियालीटी शोे हेर्ने लाखौं करौडौ दर्शकले बुझछन कि आदर्श मिश्रा आफ्नो कमेडीको संगालो लिएर सेटमा आयो भनेर । त्यति मात्रै होईन आदर्श जब हातमा माईक समाउँछ त्यतिबेलानै शोे हेर्नेहरु मात्रै होइनन् निर्णायक मण्डलका प्रतिनिधिनिहरु पनि नहासी बस्न सक्दैन । उनको हाँस्य चेत र चोटिलो प्रहारलाई हेरी निर्णयाक मण्डल खुशीले मग्न हुन्छन् । आदर्शले प्रस्तुत गरेको विषयवस्तुले दर्शकलाई हास्न बाध्य बनाउँछ । एउटा एपिसोडमा आदर्शले आफ्नो कमेडी प्रस्तुतीकै क्रममा भनेछ,-‘पुर्व युवराज पारसलाई बिगि्रयो, बौलायो, ठट्यायो भनेर यस्तै आरोप लगाइराछ पीडित को हे बिचरा, झन अस्ती अस्ती त राजाको छोराले गैडाको सिंह बेच्यो भनेर खुबै हल्ला खल्ला नै मचेको थियो, अनि के राजाको छोरा भएर गैडाको सिंह नभएर गुन्द्रुकको झोल बेच्छ भनेर’ यति सुन्दै दर्शक पेट मिचि मिचि हाँसे । उनको यो एक प्रस्तुति मात्रै होईन यस्ता शब्दहरुको वर्षात हुन्छ आदर्शको कमेडीमा ।
शो मा नेपालबाट मात्रै होईन भारतका समेत कमेडीयनले भाग लिएका छन् । भाग लिएका २५ मध्येका एक हुन मिश्रा । बाल्यकालदेखि नै कमेडीमा चासो राख्ने मिश्रा अहिले शोे मा २५ जनाबीच प्रतिष्पर्धा गर्दै टप १० मा पर्न सफल भएका छन् । टप १० परेका आदर्श शुक्रबार (आज) १२ बजे रातिसम्मको भोटले भोली शनिवार प्रशासरण हुने टप ९ मा छनौट हुनेछन् ।
आदर्शलाई भोट गर्न ईसेवा डाउनलोड गर्नुपर्नेछ । र ईसेवाबाट आदर्शलाई भोट गरी कमेडी च्याम्पियनको बिजेता बनाउन सकिनेछ ।
मध्यमवर्गीय परिवारमा जन्मेका आदर्श डाक्टरी पढ्न प्रदेश २ को बारा जिल्लाको जितपुरबाट काठमाडौं छिरेका आदर्श पढ्नमा पनि त्यति नै अब्बल छन् । आदर्श भन्छन्,-‘बिना पढाई केही हुँदैन तर पढाईको पनि आफ्नो–आफ्नो क्षेत्र हुन्छ । मेडिकल पढ्न मधेसबाट काठमाडौं छिरेका आदर्शले काठमाडौं गएर स्टा्याण्डप कमेडी सिक्न थाले । आदर्श भन्छन्,-‘सुरुमा घरबाट आउँदा बुवाले १२ कक्षा पढिसकेपछि मेडिकलको तयारी गर भनेर नेम ईन्सिच्युटमा नाम लेखाईदिए । तर, आफुलाई भोलीका दिनमा एक राम्रो कलाकार नै बन्नु छ भन्ने लाग्थ्यो र त्यसले मेडिकल तिर अलिक कम र कलाकारिता तिर बढी समय दिन थाले ।
मेडिकलको तयारी गरिरहँदा देखि नै सिकारुहरुको लागि राजधानीस्थित रहेको ओपन माईक भन्ने स्थानमा जान थाले । सुरुमा त त्यति राम्रो गर्दिन्थे, सबै हास्थ्यो मात्रै, मैले गरेको कमेडी सुनेर सबैले हासेपछि लाज पनि हुन्थ्यो र गर्नसक्छु कि सक्दिन भनेर पनि लाग्न थालेको थियो आदर्शले आफ्नो बिगत बताउँछन् । उनले भने सबैले हाँसेपनि मैले चाँहि आफ्नो मिहिनेत गरिरहे, सुनिन कसैले हासेको । हो त्यही मिहिनेतले आज मलाई यो ठाउँमा पुर्याएको छ । आज दर्शकहरु पनि मलाई मन पराउन थालेको छ । ओपेन माईकमा मेरो प्रस्तुती राम्रो हुन थालेपछि विभिन्न ठाउँबाट विभिन्न व्यक्तिहरुले कार्यक्रमहरुको लागि अफर गर्न थाले ।
आदर्शले स्टाण्ड अप कमेडी तथा टेडो टक भनेर युटुव मार्फत आफ्ना टक शोे चलाउन थालेको बताए । उनले त्यतिबेला नै नेपालमा पनि कमेडीयनहरुको लागि एउटा शोे हुन थालेको जानकारी पाए र त्यो शोेको नाम कमेडी च्याम्पियन भएको पनि । त्यतिमात्र होईन त्यो शोेको विनरले २५ लाख पाउँछ भनेर थाहा पाएपछि झनै उत्शोहित नै भए र दिए प्रथम फिजिकल अडिसन र अडिसनबाटै दर्शक माझ छाए । २५ लाख एक मध्यमवर्गीय परिवारको लागि कम होईन भनेर अडिसनबाटै चर्चामा रहेको आदर्शको दिनरातको परिश्रमले उनलाई चर्चाको शिखरमा पुगाएका हुन् ।
दर्शक माँझ आदर्श देश तथा विदेशमा लोकप्रिय हुनु पनि एक रहस्य छ । त्यो हो उनले प्रस्तुत गर्ने मधेसको वास्तविक कथा र मधेसीले काठमाडौंलगायत अन्य शहरमा मधेसीहरुसँग गरिने दुर्व्यवहारको व्यंग्यात्मक प्रस्तुती । आदर्शको कमेडी शैलीलाई लिएर दर्शक निकै उत्साहित हुन्छन् । शोमा सहभागि दर्शकरुले कोलाहल नै मच्चाउँछन् । आदर्शले लगातार जम्मा ४ वटा एपिसोडमा गरेको दमदार प्रस्तुतीका कारण धमाल नै मच्चाएको दर्शकहरुको भनाईले लाग्छ ।
आदर्शको लोकप्रियता बढ्नुको अर्को रहस्य पनि रहेको छ । त्यो हो एकै विषयवस्तुमा धेरै कुरा अटाएर दर्शकलाई रोमांच्क बनाउन । आदर्शको यो खुबी दर्शकको लागि प्रशंसाको मुख्य कारण बनेको छ ।
शो हेर्ने विभिन्न कमेडीयनहरुको विशलेशनले यो पनि प्रमाणित गर्छ कि आदर्शकै कारण शो दर्शकले मन पराउनु पनि हो । अझ २१ बर्षकै उमेरमा आदर्शको मिहिनेत लगनशितला हेरी उनीहरु मन नथामी प्रशंसा गरिरहेका छन् ।
आदर्श भन्छन्,-‘२५ लाख मात्रै होईन त्यसमा कार पनि कम होईन र मेरो इच्छा पनि कमेडी तिरै भएकोले दिनरात मिहिनेत गरिरहेको छु ‘विनर’ बन्छु भने आशा छ विश्वास होईन । दर्शकले मलाई मन पराएर भोट गरिदिनु भयो भने म ‘विनर’ बन्न सक्छु । हुनतः म भाग्यको एकदमै कमजोर मान्छे छु आदर्श बताउँछन् त्यसैले भाग्यमा विश्वास नगरी म मलाई हेरेर मैले गरेको कमेडीलाई मन पराएर भोट गर्नुहुनेछ भनी दर्शक माथि विश्वास गरेर दिनरात मिहिनेत गरिरहेको छु ।
आदर्श भन्छन्,-‘अहिले सम्म मलाई यहाँसम्म पुर्याइदिन दर्शकको माया पाउँदा निकै खुशी छु र अझै मिहिनेत गर्न उहाँहरुको त्यो भोटले प्रेरित गर्छ ।’
यो शोे कान्तिपुर टेलिभिजनबाट प्रशारण हुन्छन् ।
आदर्शका थप कमेडीहरु युटुवमा हेर्न सकिन्छ ।
[…] याे पनि : कमेडीमा जम्दै मधेसका आदर्श मिश्रा […]