समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् जुनियर एन्टिआर । उनको जन्म सन् १९८३ मे २० मा भएको थियो । उनका पिता नन्दमुरी हरिकृष्ण एक्टर र राजनीतिज्ञ दुवै हुन् ।
फिल्म पृष्ठभुमि भएका कारण पनि उनलाई फिल्ममा काम गर्न त्यति कठिन भएन । दक्षिण भारतीय फिल्मका महँगा अभिनेता मध्येका उनी पछिल्लो समय फिल्म आरआरआरमा व्यस्त रहेका छन् ।
उनी पेशाले अभिनेता, गायक, टिभी होस्ट, क्लासिकल सिंगर समेत हुन् । उनको पहिलो फिल्म ब्रह्मश्री विश्वामित्र हो जुन सन् १९९१ मा रिलिज भएको थियो ।उक्त फिल्ममा उनी बाल कलाकारको भुमिकामा रहेका थिए । उनको फस्ट डेब्यु फिलम रामायनम हो जुन सन् १९९६ मा रिलिज भएको थियो ।
उनले आफ्नो अध्ययन भिगनान कलेजबाट पुरा गरेका थिए । उनले सन् २०११ मे ५ मा लक्ष्मी प्रानथीसँग विवाह बन्धनमा बाँधिएका थिए । उनका दुई छोरा अभय राम र भार्गवा राम छन् । उनको नेटवर्थ पाँच मिलियन अमेरिकी डलर रहेको छ ।