समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


चन्द्रदेव साह

जनकपुरधाम, २९ फागुन ।

मिथिलाको बहुचर्चित माध्यमिक परिक्रमाको धार्मिक लस्करले बुधवार कञ्चनवनमा रंगअबिर र गुलाल उडाउँदै होली मनाएका छन् ।

त्रेता युगमा भगवान रामले कन्चननमा होलि खेलेको सम्झनामा १५ दिने परिक्रमा यात्रामा सहभागिहरु बुधवार विहान कन्चनवन पुगेर रंग ,गुलाल र अबिर एक आपसमा दलेर खुशियाली साटासाट गर्दै होलीको शुभकामना आदान प्रदान गरि होलि मनाएका हुन् ।

ध्रुवकुण्डबाट बुधबार विहानै कञ्चनवन पुगेका परिक्रमा यात्रामा सहभागि साधु, सन्त, महन्थ, नागा, गृहस्थ लगायत सबै एक आपसमा मिलेर नाच्दैं गाउँदै होली मनाउँदा सवै परिक्रमावासीको अनुहार र कपडा रंगअबिरले रंगीचंगी देखिएको थियो ।

कञ्चनवन पुगी जनकपुर स्थित राममन्दिरका महन्थ र जानकी मन्दिरका महन्थहरुले एक आपसमा होली खेली मिथिलाञ्चलमा होलीको शुरुवात गर्ने गर्दछन् ।

वसन्तपञ्चमीदेखि नै फागु पर्वको शुरुवात भएको मानिएपनि मिथिलाञ्चलमा परिक्रमा यात्रिले कञ्चनवनमा होली खेलेपछि मात्रै होलिको विधिवत शुरुवात हुने परम्परा रहिआएको छ ।

धनुषा स्थित कचुरीको मिथिला बिहारी कुटीबाट मिथिला बिहारी तथा अग्नि कुण्डबाट किशोरी जीको डोलाका साथ हनुमानगढिबाट शुरु भएको परिक्रमाका यात्रुहरु कल्याणेश्वर फुलहर ,मटिहानी , जलेश्वर ,मडै , ध्रुवकुण्ड हुँदै कञ्चन बुधवारवन पुगेको हो ।

मिथिला महात्मय अनुसार अठारौं सताब्दीदेखि माध्यमीकि परिक्रमाको रुपमा मनाईदैं आएको यस धर्मयात्राका सहयात्रिले रात्रि भजन किर्तन गरि १५ दिन विताउने गर्दछन् ।

विश्वकै सर्वा्धिक लामो समय सम्म चल्ने धार्मिक यात्रा परिक्रमाका यात्रुहरु भारतको कलना , फुलहर , महोत्तरीको मटिहानी ,जलेश्वर,मडै ध्रुवकुण्ड, कञ्चनवन, हुदैं धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरहीमा एक एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आईपुग्छन र पूर्णिमाको दिन जनकपुरको अन्तगृह परिक्रमा गरि होलि खेलि १५ दिवसीय यात्रा सम्पन्न गर्ने छन ।

सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ती हुने जनविश्वासका साथ यस धर्म यात्राका यात्रुहरुले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भुमिको पैदल यात्रा गर्ने मान्यता रहेको छ ।

यात्रामा नेपाल भारतका लाख भन्दा बढी साद्युसन्त महन्थ र गृहस्थहरुको सहभागिता रहेको छ ।
नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्तवको परिचय दिने गर्छ ।

मिथिला परिक्रममा सहभागि हुनेले १५ विश्रामस्थलमा नाङ्गो खुट्टा पैदल हिँडेर यात्रा गर्नु पर्ने हुनाले परिक्रमा यात्रालाई कठोर धार्मिक यात्राको रुपमा पनि हेर्ने गरिन्छ ।

परिक्रमाका सहभागिहरु १५ दिन सम्म लसुन, प्याज र माशाहारी भोजनको परित्याग गर्ने र एक छाक मात्रै खाना खाने प्रचलन समेत रहि आएको छ ।

साथै परिक्रमा यात्रिले परिक्रमा अवधि भर गृह प्रवेश नगर्ने र खुल्ला आकास मुनि पाल टाँगेर वनवास जस्तै जिवन जिउने गर्दछ ।

१५ दिने यात्राको क्रममा यात्रिहरुले दिनरात मर्यादा पुरुषोतम राम र सिताको भजन किर्तन गर्ने र उनले आफनो जिवनमा मर्यादा विपरित कुनै काम नगरेको जस्तै परिक्रमा वासीले पनि परिक्रमा घुम्दा बनाईएको नियमपरिधि भित्रै रहेर यो यात्रामा सहभागि हुने यसको मूख्य विशेषता रहि आएको छ ।

परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्धार, दरभंगहा, सितामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागी भएका छन् ।

परिक्रमामा सहभागि हुनाले मन वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने धार्मिक मान्यता रहिआएको परिक्रमाका सहभागिहरु बताउँछन ।

परिक्रमामा नेपाल भारतका साधु सन्त महन्थ लगायत लाख भन्दा बढी धर्मावलम्बीहरुको सहभागिता रहेको छ ।

मिथिलाको हरेक पर्व, त्योहारमा परिक्रमा गर्ने चलन पुरानो र अनिवार्य रहेको पाईन्छ । मन्दिरमा होस वा कुनै पुजा पाठ अवश्यनै मन्दिरको एक फन्का घुम्ने कार्य गर्ने गरिन्छ त्यस कार्यलाई नै परिक्रमा भन्नेर परिभाषित गरेको पाईन्छ । परिक्रमा कुनै निश्चित स्थानको एक फन्को घुम्नुलाई वुझिन्छ । विषेश गरि मिथिलामा विवाह देखि मृत्यु पर्यन्त समेत परिक्रमा गर्ने प्रचलन रहेको छ ।

विवाहमा बरवघुले वेदीको वरिपरी परिक्रमा घुम्ने गर्छ । त्यो पनि परिक्रमाको प्रतिक नै हो । तर प्रत्येक वर्ष मनाईने परिक्रमा मिथिलाञ्चलकै १५ दिवसिय महाकुम्भको रुपमा चर्चित रहेको पाईन्छ ।

परिक्रमा वृहत, मध्य र अन्तगृही गरि तिन प्रकारको हुन्छ । वृहत परिक्रमा उत्तरमा हिमालय पर्वत श्रेणी, पूर्वमा कोशी, दक्षिणमा गंगा र पश्चिममा गण्डक सम्मको परिक्रमा पछि मात्र सम्पन्न हुने भएकोले आज भोलि यस्तो परिक्रमा गरिदैन ।

तर, मध्य परिक्रमा अठारौं शताब्दी भन्दा पूर्व देखि मनाईदै आएको विश्वास गरिन्छ । यो पहिला पहिला ५ दिन सम्म मनाईने गरिन्थ्यो । तर यो परिक्रमालाई २० औं शताब्दीमा आएर महात्मा सुरकिशोर दासले पाँच दिनबाट १५ दिनमा परिणत गरे । जसले गर्दा अहिले ती परिक्रमामा साघुसन्त, महन्थ, गृहस्थी, नागा लगायतका वृहद उपस्थिती हुने गर्छ ।

यो परिक्रममा भारत र नेपालको श्रद्धालुहरुको सहभागिता रहने गरेकोले यसलाई भारत र नेपालको सदभावको सेतुको रुपमा पनि लिने गरिन्छ । यसले आर्थिक टेवा समेत दिने गर्छ ।

तर परिक्रमाको प्रत्येक विश्रामस्थलको आ आफनौ विशिष्ट महत्वको रहेपनि अहिले अवस्था ती स्थलहरुको अवस्था दयनिय हुदैं गईरहेको छ । ति स्थलहरुमा रहेको जलाशय, मठ, मन्दिर उपेक्षाको कारण जिर्ण बन्दै गएको छ ।

माध्यमिकी परिक्रमा यात्रुहरुको सुरक्षा व्यवस्थालाई मध्य नजरराखी व्यपाक रुपमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

फोटो/भिडियो : घनश्याम मिश्र

https://youtu.be/tzK3hlZ8YlI

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here