समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट्टै कुर्सी पाएका छन् ।अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै बस्ने गरी छुट्टै कुर्सी पाएका हुन् । यसअघिका बैठकमा प्रचण्ड अन्य सचिवालय सदस्यसँगै सोफामा बस्ने गरेका थिए ।

मंसिर ४ गते बसेको सचिवालय बैठकले प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार सुम्पेको थियो । प्रचण्ड कार्यकारी अध्यक्ष भएपनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा छुट्टै कुर्सी नभएको भनेर समाचार आएका थियो ।

मंसिर २९ गते भएको नेकपा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गरेको भएपनि उनी अन्य सचिवालय सदस्यसँगै सोफामै बसेका थिए भने अध्यक्ष केपी ओली छुट्टै कुर्सीमा अगाडि बसेका थिए ।प्रचण्डलाई छुट्टै कुर्सीको व्यवस्था भएपछि आइतवारको बैठकमा प्रचण्ड पनि ओलीसँगै अगाडि बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here