समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । गत मंसिर २ गते जनकपुरधाममा भव्यताका साथ ‘जनकपुर फेस्ट २०२० एण्ड म्युजिकल ईभेन्ट २०७६(सिजन ३)’ सम्पन्न भएको छ ।

एल एण्ड एन एजेन्सीको आयोजना फेबररी १४ अर्थात भ्यालेनटाईन डेको विशेष अवसरमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेश नं.२ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रम जनकपुरको मसाला कटेजमा आयोजना भएको थियो ।

कार्यक्रममा नेपाली सिनेमाका लोकप्रिय कलाकार कमल खत्री, गायक कर्ण राज गिरी, भ्वाईस अफ नेपालबाट चर्चामा आएको जमिर अलि, मैथिलीका लोकप्रिय गायक सरोज सन्त, कलाकार माही तानवीर खान, कलाकार सपना बराइली लगायतका कलाकारले आफ्नो प्रस्तुती राखेको थियो ।

त्यसैगरी बाल कलाकार तथा मोडेल प्रिन्स प्रसिद्ध सिंह थालाले पनि आफ्नो बेजोड प्रस्तुती रोखेको थियो ।

कार्यक्रममा २२ जना प्रतिष्पर्धीहरु भाग लिएका थिए । सहभागि २२ जना प्रतिष्पर्धीलाई पछाडी पार्दै बिक्की पाण्डेले जनकपुर फेस्ट २०२० बिजेताको भएका थिए ।

साथै प्रथम रनर अप अविशेक कुमार साह र दोश्रो रनरअप अंशु पटेलले हात पारे ।

कार्यक्रमको व्यवस्थापन कृष्ण कर्ण तथा कोरियोग्राफी सोनु कर्णले गरेका थिए । कार्यक्रमको उद्घोषण ससिद बुढाथोकीले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here