समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जोया अख्तरको गत वर्षको फिल्म ‘गली ब्वाई’ मा एमसी शेरको भूमिकाबाट चम्किएका सिद्दान्त चतुर्वेदी अफ दीपिका पादुकोणको हिरो बन्ने भएका छन् ।

‘गली ब्वाई’ मा उनी दीपिकाका पति रणवीर सिंहसँग र्‍यापरको सहायक भूमिकामा देखिएका थिए । पहिलो फिल्म र सहायक भूमिका भएपनि उनले यसबाट ठूलो प्रशंसा पाएका थिए ।
बिहीबार बलिउड फिल्ममेकर करण जोहरले ट्विट गर्दै आफूले निर्माण गर्न लागेको फिल्ममा सिद्दान्तलाई लिएको बताएका हुन् । फिल्ममा सिद्दान्त र दीपिकाका अलावा अनन्या पाण्डे पनि मुख्य भूमिकामा हुनेछिन् । फिल्मलाई सकुन बत्राले निर्देशन गर्दैछन् । बत्राको पछिल्लो फिल्म ‘कपुर एन्ड सन्स’ हो ।

सिद्दान्तले यसअघि नै ‘बन्टी और बब्ली २’ को सुटिङ थालिसकेका छन् । ( एजेन्सी )

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here