समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ३ माघ ।

महोत्तरी जिल्ला स्थित एभरेष्ट सुगर एण्ड केमिकल ईण्डष्ट्रिज रामनगरले उखु क्रसिङ्ग सुरु गरेको छ । लामो समयदेखि उखुको मुल्य निर्धारण हुन नसक्दा उखु मिल सञ्चालनमा ढिलाई हुँदा खेतमै किसानका उखु सुक्न थालेको समयमा बुधवारदेखि उखु मिलले क्रसिङ्ग सिजन सुरु गरेको हो ।

एभरेष्ट सुगर एण्ड केमिकल ईण्डष्ट्रिज गौशाला रामनगरले बिधिबत रुपमा मिल सञ्चालनमा ल्याएको महाप्रबन्धक युगल किशोर चौरसियाले बताए । आर्थिक वर्ष २०७४/०७५ मा मिलले ४२ लाख ५९ हजार ७ सय ७४ क्विन्टल उखु खरिद गरेको थियो । तर यस वर्ष उत्पादन घटेकाले ३५ लाख उखु पेल्ने अनुमान गरिएको चौरसियाले जानकारी दिए ।

यस वर्ष उखु मिलले सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा सहितका जिल्लाहरुमा आफ्नै २० वटा काँटा सञ्चालनमा ल्याई उखु पेलन सुरु गरेको हो । महाप्रबन्धक चौरसियाका अनुसार उखु मिल सञ्चालनमा आएपनि उखु प्रशस्त रुपमा किसानले नल्याएका कारण पटक–पटक मिल बन्द गरेर सञ्चालन ल्याउनुपर्ने बाध्यता रहेको जानकारी दिए ।

झण्डै डेढ महिना ढिलो गरी उखु मिल सञ्चालनमा आएपनि कामगर्ने ज्यालादारी कामदारको अभावका कारण उखु काट्न किसानलाई समस्या भएको छ । उखु मिल सञ्चालनको अन्योलताका कारण ज्यालादारी गर्नेहरु भारतको पञ्जाब स्थित कमाउन गएपछि अहिले उखु कटान गर्ने कामदारको अभाव हुन थालेको महोत्तरीको गौशाला नगरपालिका वडा नं. १ स्थित किसान देबकुमार महतोले बताए । उनले भने, ‘समयमै उखु मिल चलेन, अब कामदारलाई एउटा पनि छैन, सबै बाहिर गैसके खै कसरी यति धेरै उखु काट्ने होला ?’

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here