समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, ४ पुस ।
एनसेल टावरका ब्याट्री चोर्ने ५ जना चोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको बटेश्वर बजार स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरीले उनीहरुलाई स्कारपियो सहित पक्राउ गरेको हो ।
गएराति गस्तीको समयमा प्रहरीले चेकजाँचको क्रममा ती चोरहरु सवार गाडीसहित उनीहरुलाई पक्राउ गरको छ ।
बटेश्वर गाउँपालिका वाडा १ जनमुक्तिचौकभन्दा ५ सयमिटर पूर्वचौरीमा रहेको एनसेलको टावरको ब्याट्री चोरी गर्दै बी.आर.३२ पी.ए.३४५४ नम्बरको भारतीय स्कारपिओ गाडीमा राखेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा चोरहरुको नाइके सिरहा नारागी बस्ने रामकुमार यादव भागेपछि खोजतलास गर्दा ४ जनालाइ तत्कालै र एक जनालाई सिरहाबाट प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय महेन्द्रगरका प्रहरी इन्चार्ज अमिरकुमार दाहालले जानकारी दिएका छन ।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
पक्राउ पर्नेहरुमा सिरहा नारागीका रामकुमार यादव, सितापुर ८ सिरहा बस्ने विद्यानन्द यादव, कर्जन्हाका रोहित कुमार यादव, सप्तरी सुरुङाका मोहम्मद बुदिस र लक्ष्म्ीपुर कटारी ३ बस्ने सम्पैत कुमार यादव रहेको प्रहरी जनाएको छ ।
उनीहरु राति करिब २ बजे टावरको १७ वटा ब्याट्री चोरेर भाग्दै गर्दा सवारी चेकजाँचको क्रममा एकजना भागेपछि प्रहरीलाई शंका लागेर सोधपुछ गर्दै जाँदा गाडीमा ब्याट्री फेला परेको थियो ।
पक्राउ परेकाहरुकै बयानका आधारमा बटेश्वर १ बाट चोरिएको भनेपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का गरेका छन ।
सिरहाबाट धनुषामा आएर स्कारपिओ चढेर चोरी गर्नु आउनुमा पक्राउ परेकाहरु ठुलै चोरहरुको गिरोह भएको हुन सक्ने स्थानीयहरुको बुझाइ रहेको छ ।