समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


पट्नाका गणितज्ञ आनन्द कुमारको जीवनीमा आधारित फिल्म ऋतिक रोशनको फिल्म सुपर ३० को हलिवुड रिमेक बन्ने भएको छ । मिडिया रिपोर्टका अनुसार पछिल्लो समय हिन्दी सिनेमाको सबै भन्दा उत्कृष्ट कथा भएको सुपर ३० ले विश्वको ध्यान तानेको हो ।

हलिवुडको रिमेकमा मुख्य भूमिका र निर्देशकको निर्णय भएपछी लेखक संजीव दत्तले काम सुरु गर्ने बताइएको छ । उक्त रिमेकमा आनन्द कुमारको पनि भूमिका रहने बताइएको छ ।

रिपोर्टको अनुसार अमेरिकन कम्पनीले रिलायन्स इन्टरटेनमेन्ट कम्पनीका सुभाशिस सिर्कारलाई फिल्मको रिमेक बनाउन प्रस्ताव अघि सारेको बताइएको छ।

विकाश बहलद्वारा निर्देशन गरिएको सुपर ३० गत जुलाई १२ मा रिलिज गरिएको थियो । यस फिल्मले बक्स अफिसमा एक सय ४६ करोडको व्यापार गर्दै दर्शकको मन जितेको थियो ।

यस फिल्ममा ऋतिक रोशनका अलवा अभिनेत्री मुनाल ठाकुर र पंकज त्रिपाठीको मुख्य भुमिका रहेको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here