समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


✍️नित्यानन्द मण्डल । जनकपुरधामको गंगासागर पोखरीको दक्षिणी डीलमा रहेको श्मसानघाटमा पत्रकार महासंघका सभापति धर्मेन्द्र झा भकानो पूmट्ने गरी रुदैं चिच्याउँदै थिए । यसरी उनी मेरै नजिक आएर रुई रहँदा मैले पनि आप्mनो मन थाम्न सकिन् । सायद उनी आप्mनो जीवनमा पहिलोपटक यसरी रोएका होलान्, मेरो उहाँसँगको एक दशकको पत्रकारीता र साहित्यिक यात्राको क्रममा । यसरी उनी रुनुको पछाडी अरु कुनै कारण नभएर २०६५ साल पुस २७ गते आईतवार रेडियो टुडेकी चर्चित समाचारवाचिका तथा स्वतन्त्र लेखिका उमा सिंहको हतियारधारी समूहद्धारा कायरतापूर्वक हत्या गरिएको वियोगमा ।

धर्मेन्द्र दाई मात्रै कहाँ हो ? उनी संगै हिमाल खबर पत्रिकाका सम्पादक कनकमणी दीक्षित, तात्कालिन दैनिकीका प्रधान सम्पादक नारायण वाग्ले, महासंघका पूर्व सभापति शिव गाउँले, संचारकर्मी प्रशान्त झा, यशोदा तिमिल्सिना, जनकपुर टुडेका संपादक वृजकुमार यादव, जनकपुर एक्सप्रेसका रामभरोष कापडी, वरिष्ठ पत्रकार राजेश्वर नेपाली, तात्कालिन महासंघका अध्यक्ष उमेश साह सबैका आ“खा रसाएका थिए । यसरी संचारकर्मी मात्रै होइन उमाका सहकर्मी, शुभचिन्तक, परिवारजन सबै चिच्याउदै विलाप गर्दै थिए । यो दृश्य जतिखेर उमाको अन्तिम संस्कार श्मसानघाटमा भैरहेको थियो त्यति खेर मेरो आँखाले कैद गरिराखेका थिए । म काम गर्ने रेडियो टुडे र जनकपुर टुडेमा कार्यरत्त थिईन्, उनी । त्यसैले उनीसँग बिताएका कतिपय स्मरनीय क्षणहरु छन् । तर ती सबैलाई उल्लेख गर्न सामथ्र्य म मा छैन् । यद्यपि, केहि स्मरणहरुलाई उल्लेख गरिरहँदा मेरा आँखाबाट थोपाका थोपा आँशु किबोर्डमा अविरल झर्दै छन् ।

उनको हत्या भएको ११ बर्ष भयो । स्मृतिमा श्रद्धाञ्जलीका दुई पुष्प उमा प्रति समर्पित गर्न म विवश छु । उनीसंग बिताएका क्षणहरु कति छन् कति । कुरा आईतवार जुन साँझ उनको विभत्स हत्या गरियो, त्यस दिनको हो । म संधै ढिलो गरि कार्यालय पुग्थेँ ११–१२ बजे तिर तर उमा म भन्दा अगावै साढे ९ बजेदेखि नै अफिसमा समाचार वाचन गर्नका लागि लेख्नमा व्यस्त हुन्थिन् । त्यो दिन अफिस पुग्दा व्यस्तताको कुनै प्रवाह नगरी मज्जाले उमा कुर्सिमा बसेर गीत सुन्दै थिईन् । गीत थियो– जीवला प्राण हम कतसँ बेसाही अर्थात बाँच्नलाई प्राण कहाँबाट किन्नौ । मलाई हेर्ने बित्तिकै उनले सर नमस्कार, भनिन मैलेपनि नमस्कार फर्काए । उनको फुर्सदको कारण अरु केहि नभएर लोडसेडिङ र नेटमा समस्या देखिएकोले हो । म पनि यस मौकालाई राम्रै उपयोग गरे मज्जाले कुरा गरे । उनले भनिन् सर तपाईहरुसँग हिजो साढे चार बजे तिर जुन कुराकानी भो त्यसले मेरो मनलाई हलुंगो मात्रै बनाएन म आज विहान ८ बजेसम्म मस्त निद्रामा निदाए ।

संधै रातिराति नसुत्ने र आप्mनो परिवार तथा बुवा र दाईको हत्याको पीडामा गल्दै गएकी उमाले हामीसंग कुरा गर्दा उनको मन हलुको हुन्थ्यो । जहिलेपनि समाचारका लागि बेचैन हुने र स्वस्थ, निर्भिक, साहासिक तथा जनहीतमा समर्पित पत्रकारीता गर्ने उनी हामीसंग सुखदुखका, हा“सो र रोदनका कुरा शेयर गर्थिन् । उनी म संगै रेडियो टुडेको सर्वाधिक लोकप्रिय कार्यक्रम गरमागरम चाह पनि चलाउथिन् । केहि दिनअघि मात्र गरमागरम चाहको नियमित संचालक बृजकुमार दाई जनकपुर भन्दा बाहिर रहनुभएकोले म र उमा नै कार्यक्रम चलाउदै थिए । अहिले तीलाशंक्रान्तिको समय हो । मिथिलामा बहिनी कहा“ च्युरा, मुरही र तीलका लड्डु कोशेली लैजानु पर्ने परम्परा छ र मलाईपनि पा“च वटा बहिनी भएकोले बहिनी कहा“ कोशेली पुरयाउन जान्छु । म भोली आउ“दिन उमा तिमी एक्लै कार्यक्रम चलाउनु । मेरो भनाई नटुगिंदै बीचमै निश्चछल र सहज स्वरमा उनले भनिन्–सर हाम्रो लागि पनि च्युरालाई है । हस् हुन्छ मैले जवाफ फर्र्काए । उनी कसैको भोज भतेर, चिया, नास्ता खा“दैन्थ्यो । यसरी पत्रकारीतामा संघर्ष, समर्पण, उच्च मनोबल तथा दृढ संकल्पका साथ अघि बढिरहेकी उमाकी सामाचार लेख्ने हात मात्रै होईन स्वर सुनाउने गलापनि ती क्रुर अपराधीहरुले सा“झ सबा सात बजे रेटे । सामाचार संकलन गर्ने उनको खुट्टापनि छिनालियो ।

क्षतविक्षत अवस्थामा रहेकी उमालाई स्थानीय केयर मेडिकल सेन्टरमा उपचार संभव नदेखिएपछि उनलाई चिकित्सकहरुको सुझाव अनुसार थप उपचारका लागि काठमाण्डौ लैजाने क्रममा बर्दिबासमा राति सबा ११ बजे उमाले मृत्युवरण गरिन् । यस दुखद सामाचारले म निकै स्तब्ध भए तर पनि उमाले रोजेको साहासिक र निष्पक्ष पत्रकारीताको धर्म निर्वाह गर्दै पोष्टमार्टमका लागि उनको पार्थिव शरीरलाई राखिएको जनकपुर अंचल अस्पताल, शवलाई नगर परिक्रमा गराउदै जिल्ला प्रशासन कार्यालय धनुषामा गरिएको धर्ना तथा अन्त्येष्टि लगायतका सम्पूर्ण शोकाकुल भावविहवल समाचार संकलन गर्ने क्रममा २०६५ साल पुस २९ गते मंगलवार स्मसानघाटमा उपस्थित भएका सम्पूर्ण शुभचिन्तक, संचारकर्मी, परिवारजन लगायतका व्यक्तिहरुको मुख अगाडी रेकर्डर राखेर वायट लिन खोज्दा मेरो मन कम्ति रोएको थिएन् । म मात्र होइन सबैको परेली आंशुले भिजेका थिए कति त छिन छिनमै बेहोसपनि हुने गर्थे । यसै क्रममा चिच्याउदा चिच्याउदै बेहोस हुने गरेकी उनकी आमालाई सोधे काकी अब तपाई के चाहनुहुन्छ ? उनले बेस्सरी चिच्याउदै भनिन् मलाई मेरो उमा चाहिएको छ । म आपूmलाई थाम्दै ह्दयलाई कठोर बनाएर ती स्वर आप्mनो रेकर्डरमा कैद गरे तर केहि दूरीमा रहेको चेहानमा उनको शरीर आगोमा जल्दै थियो ।

धुंवाका लप्का आकाश छुन आ“टया थियो । सायद उनी हामीसबैलाई संधैका लागि छोरेर परलोक जांदै थिईन् । मलाई अहिलेपनि विश्वास भैरहेको छैन् जो यो वायट उमाले पढदैन् भनेर तर सत्यको अभास हु“ने बितिकै मर्माहत भए । उमाले त अब रेडियोबाट मात्रै होईन संसारैबाट नै विदा लिई सकेकी थिइन् । यसरी निहत्थाको कलम र आवाजलाई नृसंस्तापूर्वक संधैका लागि बन्द गरियो । मेरा अत्यन्त मिलनसार, बाकपटुतामा तेज उमासंग मैले एउटा शर्त राख्न चाहन्छु । जहिले उनको मृत्यु भयो त्यस बेलादेखि नै एकचोटी फेरी उनीसंग भेटने मेरो प्रवल इच्छा छ । उनीसंग धेरै नै सामाजिक, राजनैतिक, सांस्कृतिक र महिला हकअधिकारको सम्बन्धमा कुरा गर्नु छ । मलाई लाग्छ उनले मेरो यो आग्रहलाई अस्वीकार गर्दैन् होला किनभने पत्रकारीतामा मानसम्मान खोज्नु हुँदैन् सबैसंग सहज रुपमा कुरा गर्नुपर्छ भने उनको मान्यता थियो । यस्तो स्थितिमा उनी कसरी आउन् सक्तिन् । पत्रपत्रिका, कार्यालय तथा धर्ना जुलुशमा राखिएको उनको तस्वीर तर्पm म हेर्दै थिएँ र उनी पनि हेर्दै थिइन् । धैर्य र शक्ति संचय गर्दै उमाको पत्रकारीताको अभियानरथलाई अगाडी बढाउने वाचाका साथ स्मृतिका क्षणहरु संगाल्दै छु ।

यति मात्रै कहाँ हो र? सत्य, अहिंसाको संस्कृति तथा सन्तको शहर जनकपुरधाममा जनकपुर टुडे सञ्चार समूहका सञ्चालक तथा सञ्चार उद्यमी अरुण सिँघानियाँको पनि हत्या भयो । एक पछि अर्को कलमबाहक तथा कलमका समर्थक अहरुलाई हत्या गरिनुले हाम्रो संस्कृतिलाई गिज्याएको अनुभव हँुदैछ । राज्य सरकार, सुरक्षा संयन्त्र प्रति नै क्षोभ उत्पन्न हुन्छ । अब रोकिन्नु पर्छ जनकपुरमा हत्या, हिंसाका श्रृंखला । र,त अहिले नांगो तलबारमाथि जनकपुरधामको पत्रकारिता हिंडेको यथार्थलाई अस्वीकार गर्न सकिँदैन् ।

यसरी उमा सिँहको हत्या भएको ११ बर्ष विते पनि पत्रकार, पत्रकारिता, महिला पत्रकार, सञ्चार जगतका समस्या स्थानीय स्तरमा ज्यूँका त्यूँ छन् । भलेहि सञ्चार जगतमा भएको अकल्पनीय विद्युतीय माध्यमको प्रयोगले यसलाई विकसित तथा प्रभावकारी बनाइएपनि अझै यसका वस्तुगत समस्याको समाधान भने हुन सकेको छैन् । क्रियाशिल सञ्चारकर्मीहरु अझै असुरक्षाको बोध गर्दैछन् ।

उनीहरुले आर्थिक असुरक्षादेखि लिएर रिपोर्टिङ्ग गर्नेक्रममा पनि ज्यानमारा धम्की समेत खेप्दै आएका छन् । उनको श्रद्धाञ्जलि मनाउन ५ दिन समय बाँकी रहँदा जनकपुरधाम उपमहानगरपालिकामा नगरप्रमुख लालकिशोर साहसँग समाचार पुष्टिका लागि बाइट लिन पुगेका सञ्चारकर्मीहरु कुटिएका छन् । स्थानीय सञ्चारमाध्यम, सामाजिक सञ्जाल आदिमा यिनै विषयवस्तुले प्राथमिकता पाएका छन् । सञ्चारमाध्यको मुख थुन्नका लागि राज्यले अंकुश लगाउँदै छन् । धमाधम सञ्चार सम्बन्धि विधेयक, ऐन, नियमहरु संघदेखि प्रदेश सम्म पनि पास हँुदैछन् । तर पनि पत्रकारको आर्थिक समृद्धि, जीउधनको सुरक्षाका लागि अग्रसरता देखाईदैन् । बरु मन्त्री, साँसद, जननिर्वाचित नगरप्रमुखहरुको हप्की दप्की मात्रै होइन्, उनीहरुको भरोटे गुण्डाहरुबाट कुटाई खानुप–र्याछ । सुचनाको हकको प्रत्याभूति जनताले त के पत्रकारले पनि गर्न सकेका छैनन् । उनीहरुले दिएका सूचनाको हकका निवेदनलाई जनप्रतिनिधीहरुले टेरपुच्छर लाउँदैनन् ।

जति महिलाहरु पत्रकारिता पेशामा प्रवेश गरेका छन्, ती मध्ये थोरै मात्र यस पेशामा टिकेका छन् र ती मध्ये थोरैले मात्रै राम्रो अवसर पाएका छन् । हरेक सञ्चार संघसंस्थामा नेतृत्वदायी तहमा उनीहरुको उपस्थिति न्यून छ । जब नीति निर्माण तहमा उनीहरुको सहभागीता नै छैन् भने यसका अवयवहरु कसरी लैंगिक मैत्री बन्न सक्छन् । यिनै र यस्तै सबालका साथ उमा सिँहलाई सुम्झिँदै मुलुकका विभिन्न स्थानहरुमा बहस जारी छ । यस्ता बहसहरुलाई तार्किक निष्कर्षमा पु–याएर कार्यान्वयनको पक्षमा जोडदार वकालत गर्नु र कार्यान्वयन गर्नु, गराउनु आजको अपरिहार्य आवश्यकता देखिन्छ । यसरी उमा शहिद भएपनि यहाँ विभिन्न वहानामा प्रतिक्षण सञ्चारको घाँटी निमोठ्दिैछ, बेलैमा सर्तक रहनु पनि अति नै जरुरी छ ।

सलाम उमा । हार्दिक श्रद्धाञ्जलि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here