समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनु पर्ने बताएका छन्। उनले नेपालको वर्तमान शासन प्रणालीलाई खच्चडको संज्ञा दिँदै शासन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए।

जनकपुरधामस्थित पार्टीको मधेश प्रदेश समितिद्वारा शुक्रवार आयोजित संगठन विस्तार एवं सुदृढिकरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले नेपालमा अहिले खच्चड शासन प्रणालीका कारण समस्या भइरहेको स्पष्ट गरे। उनले यसको अन्त्यका लागि कार्यकारिणी प्रत्यक्ष राष्ट्रपतिबाट देशको शासन प्रशासन सञ्चालन प्रणालीको आवश्यकता रहेको बताए।

अध्यक्ष यादवले ४ कक्षा उतीर्ण शिक्षामन्त्री, किड्नी फेल प्रधानमन्त्री र अर्थ बारे थाहा नभएका अर्थमन्त्री भएको देशमा समृद्धिको परिकल्पना गर्नु नै हाँस्यास्पद कुरा रहेको बताए।

उनले विभिन्न आन्दोलनपछि संविधानमा संघीयता लेखिए पनि कागजमा मात्रै सीमित रहेकोप्रति दुःख व्यक्त गरे।

अध्यक्ष यादवले भने, ‘विश्वको कुनैपनि मुलुकमा प्रदेशको आफ्नो झण्डा, प्रशासन, संविधान र निर्णय गर्ने अधिकार हुन्छ तर हाम्रो देशमा प्रदेशलाई पंगु बनाई केन्द्रिकृत एकात्मक शासन व्यवस्था लाद्न खोजिएको हो। प्रदेशलाई अधिकार सम्पन्न नबनाएसम्म देशमा संघीयता कार्यान्वयन हुन सक्दैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here