समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


बारा। नगरपालिकामा मौलाएको बेथिति सच्याउनुपर्ने भन्दै कलैया उपमहानगरपालिकाकी उपप्रमुख रहिमा खातुनले उपमहानगरको मुल गेटमा ताला लगाउनुभएको छ। मंगलबार उपप्रमुखसहित छ जना वडा अध्यक्षको टोलीले तालाबन्दी गरेको हो।

तालाबन्दी गर्नुअघि छ जना वडा अध्यक्षहरूले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत नगरप्रमख विजय यादवले बोर्ड बैठको निर्णय कार्यान्वय नगरेकोे, नगरपालिकाको बैठक नियमित रूपमा नबोलाएको, बोर्ड सदस्यलाई आर्थिक वर्ष २०७५/०७६ को आयव्यय विवरण जानकारी नगराएको आरोप लगाइएको थियो।

विज्ञप्तिमा गत वर्षको हावाहुरी प्रभावितका लागि भए/गरेको खर्चको यथार्थ विवरण हालसम्म पनि बोर्डमा जानकारी नगराएकोमा आक्रोससमेत व्यक्त गरिएको छ।

त्यस्तै नगरप्रमुख यादवले आफ्ना दर्जनौं आसेपासेलाई ज्यालादारीमा नियुक्त गरी नगरको बजेट अनियमितता गरेको, नगरस्तरीय बजेटबाट विकास निर्माणको काम गुणस्तरीय हुन नसकेको र समयमा सम्पन्न नगरेर अनियमितता गरेको आरोप पनि लगाइएको छ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।