समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । पत्रकारहरुमाथि कुटपिट गर्नेहरुलाई कारबाही नभएको भन्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाले आन्दोलनको घोषणा गरको छ । आइतबार नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कुमार मतोको संयोजकत्वमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरेको हो ।

गएको पुस २२ गते जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा जानकी मन्दिरको फुलबारी अतिक्रमण विषयमा मेयर लालकिशोर साहको प्रतिक्रिया लिन पुगेका पत्रकारहरुमाथि कुटपिट तथा दुर्व्यवहार भएको थियो ।

मेयर साहकै प्रत्यक्ष निर्देशनमा भएको कुटपीट घटनामा संलग्न दोषीहरुमाथि हालसम्म कारबाही नभएको भन्दै महासंघले आइतबार पहिलो चरणको आन्दोलन घोषणा गरेको हो ।

अगामी माघ ७ गतेदेखि १८ गतेसम्म धनुषाका सम्पूर्ण पत्रकारहरु हातमा कालो पट्टी बाँधेर काम गर्ने, ८ गते महासंघ धनुषा शाखाका पदाधिकारी, पूर्व अध्यक्ष, पार्सद, केन्द्रि तथा प्रादेशिक महासंघका प्रतिनिधि लगायतसंग घटना विषयमा छलफल गर्ने, ११ गते सरोकारबालासंग छलफल, १३ गते राजनीतिक दलसंग छलफल र माघ १८ गते नागरिक समाज, युवा क्लव एवं विभिन्न संघसंगठनसंग छलफल गर्ने कार्यक्रम तय गरेको नेपाल पत्रकार महासंघ धनुषा शाखाले जनाएको छ ।

घटना पश्चात नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा गएको पुस २३ गते जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत घटनामा संलग्न दोषीहरुलाई कारबाही गर्न सरकारलाई ५ दिने अल्टिमेटम दिएको थियो ।

यस्तै जनकपुरधाम उपमहानगरपालिकाले आफ्ना केहि महिला कर्मचारीमाथि पत्रकारहरुले कुटपिट गरी घाइते बनाएको भन्दै दोषीलाई कारबाही गर्न आन्दोलन सुरु गरेको थियो ।

पत्रकारहरुले दिएको अल्टिमेटम समाप्त भएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले समन्वय गरी यस घटना विषयमा राजनीतिक दल लगायत उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ धनुषा शाखाको प्रतिनिधिसहितको सर्वपक्षीय बैठक बोलाएको थियो ।

सर्वपक्षीय बैठकमा घटनामा संलग्न दोषीहरुमाथि जिल्ला प्रहरी कार्यालयले कानुनी कारबाही गर्ने लगायतको ९ बुँदे सहमति भएको थियो । जसमा जनकपुरधाम उपमहानगरपालिका र पत्रकार मासंघका प्रतिनिधिले समेत सहमति जनाएर हस्ताक्षर गरेको थियो । तर हालसम्म प्रशासनले सहमति अनुसार पनि कुटपिट घटनामा संलग्नलाई कारबाही नगरेपछि महासंघले बाध्य भएर आन्दोलनको घोषणा गरेको संघर्ष समितिका संयोजक किरण कर्णले जानकारी दिए ।

पत्रकारहरुमाथि मेयरकै कार्यकक्षमा कुटपिट भएको घटनाको भत्र्सना गर्दै दोषीहरुमाथि अभिलम्ब कारबाही गर्न नेपाल पत्रकार महासंघ केन्द्रि समिति, प्रदेश समिति र जिल्ला समितिले विज्ञप्ती जारी गरी माग गरिसकेको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, समाजवादी पार्टी लगायत विभिन्न दलका भातृसंगठन र पत्रकारहरुको संगठनले विज्ञप्ती जारी गरी घटनामा संलग्नलाई यथासिघ्र कारबाही गर्न माग गरेको छ । तर हालसम्म सरकार र प्रहरी प्रशासनले खासै चाँसो लिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here