समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई कारवाहीको माग गर्दै जनकपुरधामका विभिन्न ६ वटा संस्थाहरुले आज जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न ६ बुँदे माग सहित संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।

जानकी मन्दिरको फुलबारी जग्गा अतिक्रमण सम्बन्धमा समाचारका लागि मेयर साहको प्रतिक्रिया लिन पुगेका सञ्चारकर्मीहरुलाई गत मंगलबार नियोजित रुपमा कुटपिट गर्ने मेयर साहलाई कारवाहीको माग गर्दै विभिन्न संघ संस्थाहरुसँग आवद्ध युवाहरुले प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

मधेश अधिकार संघर्ष समिति, भ्रष्टाचार विरुद्धको युवा अभियान, परिवर्तनका लागि युवा अभियान, अंगराजसर संरक्षण समिति, जानकी चौक युवा समूह र जनकपुर नागरिक समाज सहितका संघ संस्था आवद्ध युवाहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा सूचना अधिकारीको नियुक्त हुनुपर्ने,हालसम्म नियुक्त भएका कर्मचारीको भर्ना प्रक्रिया र संख्या सार्वजनिक गर्नुपर्ने, २५ वटै वडामा गरिएको विकास निर्माणको योजना र उपभोक्ता समिति नामावली पारदर्शी हुनुपर्ने,सञ्चारकर्मीले सहज रुपमा सूचना पाउनुपर्ने, जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमणको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here