समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । मानव शरीरमा मुटुलाई अति नै महत्वपूर्ण अंग मानिन्छ । जसरी मानव शरीरका लागि मुटु अतिमहत्त्वपूर्ण अङ्ग हो त्यसरी नै कुनै पनि सवारीसाधनका लागि ब्याट्री एकदमै महत्वपूर्ण अंग हो ।

सवारीसाधनलाई स्टार्ट गर्न देखि लिएर त्यसमा भएका सम्पूर्ण इलेक्ट्रिकल्स फिचर्स जस्तै लाइट बाल्न, हर्न बजाउन, वाइपर चलाउन, म्युजिक सिस्टम बजाउन र एसी तथा हिटरलगायत अन्य फिचर्स सञ्चालनका लागी समेत ब्याट्रीकै प्रयोग हुन्छ । सवारीसाधनमा जति धेरै इलेक्ट्रिकल्स फिचर्स उपलव्ध गराइएको हुन्छ त्यति नै भार त्यसको ब्याट्रीमा पर्न जाने हुँदा यसको छनोटमा विशेष ध्यान दिनुपर्ने हुन्छ । बजारमा हिजोआज विभिन्न ब्रान्डका ब्याट्रीहरु उपलब्ध छन् । ती सबै ब्रान्डले आफूलाई गुणस्तरमा अब्बल दाबी गर्छन । तर दावी गरिएअनुसार बास्तवमै गुणस्तरीय छन् भन्ने आधारहरु सबैले प्रमाणित गर्न सक्दैनन् ।

बाहिरबाट हेर्दा सवै ब्याट्री उस्तै लागेपनि यसको गुणस्तमा भने एकरुपता कायम भएको पाइदैन । कतिपय ब्रान्डका ब्याट्रीहरु बजारमा आएपनि लामो समयसम्म टिक्ने गरेको पाइदैन । कारोबार शुरु भएको केही समय पछि नै बिक्रेताले छाड्ने जस्ता समस्याका कारण सर्भिस नपाएर ग्राहकहरु मर्कामा पर्ने गरेका दृष्टान्तहरु समेत प्रशस्तै छन् ।

यस्तो अवस्थामा ब्याट्री छनोट गर्दा बजारमा उक्त ब्याट्रीको लोकप्रियता, बिक्रीपछिको सेवा, बिक्रेताको व्यावसायिक पृष्ठभूमी र ब्रान्डका बारेमा यथेष्ट जानकारी लिएर मात्र खरिद गर्नु बुद्धिमानी हुन्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा बजारमा दर्जन बढी ब्रान्डका ब्याट्रीहरु उपलव्ध भएपनि एकाध ब्रान्ड बाहेकले मात्र विगत लामो समयदेखि बजारमा लोकप्रियता हासिल गर्न सफल भएका छन् । ती मध्ये सर्वा्धिक लोकप्रिय ब्रान्ड हो लिभफास्ट । भारतीय लिभफास्ट कम्पनीले उत्पादन गर्ने यो ब्याट्री विगत लामो समय देखि नेपाली बजारमा शिर्ष स्थानमा रहँदै आएको छ । लिभफास्ट यस्तो स्थानमा रहिरहनुका पछाडि विभिन्न कारणहरु छन् ।

नेपालमा सन् २०१९ देखि लिभफास्ट ब्याट्री विक्री वितरण हुँदै आइरहेको छ । देशकै प्रतिष्ठित कम्पनी मध्येको पावर प्याईन्ट नेपालले लाईभफास्ट ब्याट्री नेपालमा भित्र्याएको हो । लिभफास्टले दिनप्रतिदिन आफ्नो सेवा तथा संजाल फैलाउँदै गइरहेको छ ।

नेपालमा ब्याट्री व्यवसाय विगतभन्दा केही कम छ तर अटोमोवाइल्स क्षेत्रमा भने बढ्दो छ, त्यसमा पनि अरु भन्दा लिभफास्टले फड्को मारेको छ । पहिले आफैले ल्याएर एसिड हालेर बनाउनुपर्ने ब्याट्री आउँथ्यो तर हाल सिधै प्रयोग गरिने ब्याट्रीहरु आउन थालेपनि लिभफास्टको ब्याट्री गुणस्तरीय आउँदा यसको व्यापार बढेको उपभोक्ताहरुको रोजाईले देखिन्छ ।

‘मैैले अटोरिक्सा चलाउन थालेपछि लिभफास्टकै ब्याट्री प्रयोग गरिरहेको छु’ जनकपुरका एक अटोरिक्साचालक अशोक मण्डल बताउँछन् । लिभफास्टको ब्याट्री धेरै टिकाउ र गुणस्तरीय भएको हुँदा मैले प्रयोग गर्ने गरेको उनले बताए ।

अरु मुलुकको तुलनामा हाम्रो मुलुकमा लोडसेडिङ्गको पनि समस्या रहेको हुँदा ब्याट्रीको प्रयोग बढी भएको लिभफास्ट जनकपुरका अधिकृत बिक्रेता एस आर ईन्टरनेशनलका प्रबन्ध निर्देशक करण पजियार बताउँछन् ।

प्रबन्ध निर्देशक पजियारका अनुसार सुरुमा ब्याट्री गाडीमा मात्र प्रयोग हुन्थ्यो, तर लोडसेडिङ्गको कारणले इन्भर्टर ब्याट्रीहरु आए । सरकारले पछि इन्भर्टर आयातमा रोक लगाइ सोलार व्याट्रीहरुलाई छुट दिन थाल्यो। त्यो बेलामा सोलारका ब्याट्रीमा आकर्षण धेरै बढ्यो। अहिले लोडसेडिङ हटे पनि गाउँ(गाउँमा सोलार ब्याट्री र अटोमोवाइल क्षेत्रमा हाम्रो ब्याट्रीको माग उच्च रहेको बताए ।

सबैभन्दा पहिले ब्याट्री कुन कम्पनी मार्फत आउँछ, कम्पनी ग्राहक प्रति कति जिम्मेवार छ, त्यो ध्यान दिनुपर्छ। कम्पनीका नेटवर्क कति छन्, बिक्रीपछिको सेवा कस्तो छ, क्वालिटी कस्तो छ र त्यो सबै हाम्रो ब्याट्रीमा रहेको हुँदा हाम्रो ब्याट्रीको बिक्री बढी रहेको पजियारले बताए ।

उनले भने हाम्रो लिभफास्ट ३० बर्ष अघि भारतमा स्थापना भएको कम्पनी हो। त्यहाँ अहिले पनि राम्रो अवस्थामा छ । नेपालमा पनि हामीे गुणस्तरका मामिलामा लिड गरिरहेका छौँ। यो हामी होईन हाम्रो उपभोक्ताहरुको भनाई सन्तुष्टि रहेको बताए ।

लिभफास्टले खासगरी अटोमोटिभ क्षेत्रका सबै गाडीलाई लाग्ने ब्याट्री, इ–रिक्सामा लाग्ने ब्याट्री, युपिएसमा लाग्ने, सोलारमा लाग्ने ब्याट्री ल्याउँछ । नेपालमा चाहिने सबै प्रकारका ब्याट्री हामीसँग रहेको उनले बताए । त्यस्तै हामीले अरु भन्दा राम्रो गुणस्तरको ब्याट्री दिन्छौ, अरुभन्दा बढी वारेन्टी, छिटो छरितो सेवा, होम डिलेभरी सेवालगायतका सम्पूर्ण सेवा दिने भएको हुँदा पनि हाम्रो ब्याट्रीको माग बजारमा उच्च रहेको बताए । हामी सँग भएको ब्याट्री अरुको भन्दा राम्रो र सस्तो पनि छ ।

हामीले उपभोक्तालाई दिने ब्याट्री सस्तो मात्रै होईन सुलभता, बिक्री पछिको सेवा, गुणस्तर, ग्राहकप्रति जवाफदेहितालगायतका सेवाहरु सबै दिने गरेका छौ । ब्याट्री खरिद गर्ने ग्रहकको आफ्नो रोजाइको विषय हो। तर ब्याट्री खरिद गर्नुभन्दा पहिले कुन ब्याट्री खरिद गर्दैछु, कहाँ बनेको हो, कुन कम्पनीले ल्याएको छ, नेटवर्क कस्तो छ, ग्राहकलाई कस्तो सेवा दिइरहेको छ आदी कुरामा ध्यान दिनु पर्छ। पावर प्याईन्टले कहिलै पनि यस्ता सेवामा कम्प्रोमाइज गर्दैन। लिभफास्टको ब्याट्री खरिद गर्नुभएका ग्राहक निराश हुनु पर्दैन। ग्राहकको सुन्तुष्टि नै हाम्रो उपलब्धी हो उनले बताए ।

यतिमात्रै होईन लिभफास्टलाई नेपाल भित्र्याएको पावर प्याईन्ट नेपालले आफ्नो तवरबाट विभिन्न सामाजिक कामहरु पनि आफ्नो अमुल्य योगदान दिँदै आएको देखिन्छ । लिभफास्टलाई उपभोक्ताले आफ्नो रोजाई बनाउनुको कारण मध्येका यो पनि एक कारण हो । पावर प्याईन्टले व्यवसाय सँगै सामाजलाई पनि प्राथमिकतामा राखी अगाडी बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here