समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सर्लाही(हरिवन) । उखु किसानहरु लामो समयदेखिको भुक्तानी नपाएको भन्दै संघीय राजधानी काठमाडौंमा आन्दोलनरत छन् । पछिल्लो केहि दिन यता उनीहरु नियमित रुपमा काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । कसैको चार त कसैको पाँच बर्षदेखि भुक्तानी बाँकी रहेको छ । प्रदेश २ को सर्लाही जिल्लाबाट उनीहरु आन्दोलनका निम्ति काठमाडौं पुगेका छन् ।

उनीहरु बाध्य भएर आन्दोलनका निम्ति काठमाडौं पुगेका हुन् । कारण, उखु नगदीमा उत्पादन गरेपनि बिक्री भने अहिले पनि उधारोमै गर्नुपरिरहेको छ । आफ्नो लगानी गर्दै आएपनि बेचेको उखुको मूल्य भने धेरैपछि मात्रै पाइरहेका छन् । जसका कारण उखु किसानहरु दिन प्रतिदिन पीडित बन्दै गइरहेका छन् ।

उखु नगदेबालीको रुपमा चिनिन्छ तर उद्योगलाई उखु बुझाउँदा किसानले तत्त्कालै नगद नपाएको गुनासो कृषकहरुको छ । भुक्तानीका निम्ति कम्तीमा चार÷पाँच महिना कुर्नैपर्ने हुन्छ । उद्योगले उखु क्रसिङ गरेर चिनी बनाएर बिक्री गर्न थालेपछि मात्रै किसानको खातामा रकम जम्मा गर्न शुरु गर्छ । पुस माघमा उखु बुझाएका किसानले बैशाखतिर भुक्तानी पाउँछन् ।

समयमै बिक्री गर्न नसके उखु खेतमै सुक्ने डर किसानलाई हुन्छ । त्यसैले ऋण गरेरै भएपनि उखु काटेर मिलसम्म पु¥याउनुपर्ने बाध्यतामा आफूहरु रहेको किसान बताउँछन् । चिसो मौसमको मध्यरातमा सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी मिलमा उखु लिएर आएका सर्लाहीका कृषकहरुले भुक्तानी ढिलो भइरहेका कारण बिभिन्न समस्या भोग्नुपरिरहेको बताए ।

‘नगदेबाली हो, अरुखेतिमा जस्तो मेहनत पनि छैन भनेर उखु लगाउने गरेको छु’ चिनी उद्योगमा उखु लिएर आएका बागमती नगरपालिकाका भुवन प्रसाइले भने ‘तर मलखाद्य, मजदुरको पैसा नगदै तिर्नुपर्छ । उखु भने उधारोमा बिक्री गर्नुपर्छ । कम्तीमा ४÷५ महिना लगानी फसाएर बैंकलाई ब्याज दिनुपर्छ ।’

उद्योग परिसरमा फेला परेका अर्का किसान सर्लाहीकै बलरा नगरपालिका ३ का उमेश साह र बसबरियाका हुस नारायण राय पनि खेती गर्ने क्रममा शुरुदेखि नै लगानी गर्नुपर्ने बताउँछन् । उखु बाली लगाउने समयदेखि नै गोडमेल, मल किन्न र मजदूरलाई नगदै रकम दिनुपरेको बताए । शुरुमा ऋण गरेरै बाली लगाइएपनि उखु बेच्दा तत्कालै रकम पाउन नसकिएको उनीहरुको गुनासो छ ।

उमेश साहले मल, खाद्यको समस्या पनि धेरै झेल्नुपरेको विवश्ता सुनाए । उनले नेपालमा समयमा मल नपाउँदा भारतबाट झन्झट मोलेर ल्याउनुपरिरहेको बताए ।

किसानका अनुसार एक विगाहा जग्गामा ४ सयदेखि ५ सय क्वीन्टलसम्म उखु उत्पादन हुन्छ । यसपाली पनि सरकारले ५ सय ३६ रुपैयाँ ५६ पैसा मूल्य निर्धारण गरेको छ । इन्दुशंकरले सरकारी अनुदान बाहेक ४७१ रुपैयाँ प्रतिक्वीन्टलमा चलान पूर्जी काटेको छ ।

समयमा झुक्तानी नदिएका कारण कृषकहरु नजिकको उद्योग छाडेर टाढाको मिलमा भएपनि उखु पु¥याइरहेका छन् ।

‘धनकौलमा दुई वर्ष अघिकै ५० हजार जति र बगदहमा ३ लाख रुपैयाँ बाँकी छ । चिनी बिकेपछि दिन्छु भनेको अहिलेसम्म दिएका छैनन्’ गौडेता नगरपालिकाका राजकिशोर मण्डलले भने, “बाजेको पालादेखि उखु खेति गर्दैै आएका छौं । गरुडा, रामनगर, धनकौल, बगदहका उद्योगमा उखु बेचिसकेका छौं । सबैले चिनी बिकेपछि पैसा दिन्छु भन्छन् । कत्तिले त नदिएर झुलाउँछन् ।”

ढिलै भएपनि भुक्तानी दिने गरेकोले ढुवानी खर्च र समय बढी लागेपनि इन्दुशंकरमा उखु ल्याएको उनको भनाई छ । ‘गाउँमा नजिकै उद्योग छ, त्यहाँ ४० रुपैयाँ प्रतिक्विन्टल खर्च गरेर १ घण्टामा उद्योगमा उखु पु¥याउन सकिन्छ तर पैसा नदिँदा उखु त्यहाँ दिने गर्दैनौं’ मण्डलले भने “त्यसैले ८० रुपैयाँ प्रतिक्वीन्टल खर्च र ४ घण्टा समय लागेपनि यहाँ ल्याएको छु ।”

नजिकका चिनी उद्योगले पैसा नदिएपछि

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटीयाका राजकिशोर मण्डल मंगलबार मध्यराति चिसो छल्न उद्योग परिसरमा उखुको पात बालेर ताप्दै थिए । वरीपरि अन्य किसान थिए । उनीहरुको भिडमा हाम्रो टिम पनि मिसियौं । परिचय सकिएपछि सोध्यौं, “गोडैतादेखि किन उखु इन्दुशंकरमा ल्याएको त नजिकै अरुमिल छन हैन र ? उन्ले जवाफ फर्काउँदै भने ‘हाम्रो गाँउ नजिकै राम सुगर मिल छ् तर उस्ले समयमा भुत्त mानि नगरेपछि हामी बाध्य भएर यस मिलमा आउने गरेका छौ यस मिलले त् जसो तसो ५ ÷६महिनामा भुक्तानिगर्छ तर श्री रामले भने १ वर्षमा पनि भुक्तानि नगरेकोले हामी याहाँ आउन वाध्य छौ ।’ मण्डलले भने हाम्रोपनि याँहा आउने सौख छैन् तर वाध्य भएर मात्र याँहा आउने गरेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here