समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । उखुको बक्यौता रकम माग गर्दै काठमाडौंमा प्रदर्शनमा उत्रिएका उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृह मन्त्रालयले आज प्रहरी मुख्यालयलाई निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो।

सोमबार उद्योग र कृषि मन्त्रालयले उखु किसानको पैसा नदिने व्यापारीमाथि कारबाहीका लागि गृह मन्त्रालयलाई पत्र पठाएको थियो ।

श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई भुक्तानी दिएका छैनन् । उनीहरू सबैबाट गरी किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । यी उद्योगले दुईदेखि पाँच वर्षसम्मको भुक्तानी नदिएको उखु उत्पादक महासंघ र चिनी उद्योग संघले बताएका छन् ।

सबैभन्दा बढी रौतहटस्थित श्रीराम सुगर मिलले ४२ करोड रुपैयाँ दिन बाँकी छ । श्रीरामका सञ्चालक हितेश गोल्छा र विशाल अग्रवाल हुन् । हितेश गोल्छा अर्गनाइजेसन र विशाल विशाल ग्रुपका हुन् ।

अन्नपूर्णका सञ्चालक भने राकेश अग्रवाल हुन् । अन्नपूर्णले भुक्तानी नदिएपछि सर्लाही र रौतहटका करिब डेढ सय किसान यतिबेला राजधानीमा छन् । उनीहरूले संघर्ष समिति गठन गरेर विभिन्न चरणका आन्दोलन गरिरहेका छन् ।

किसानकाे कुन उद्योग माथि कति बक्यौता !

उद्योग दिनुपर्ने रकम उद्योगी
श्री राम सुगर मिल ४२ करोड हितेश गोल्छा/विशाल अग्रवाल
अन्नपूर्ण सुगर मिल ४० करोड राकेश अग्रवाल
इन्दिरा सुगरमिल १० करोड राकेश अग्रवाल
लुम्बिनी सुगर मिल १० करोड स्व.मनीष अग्रवाल
महालक्ष्मी सुगर मिल २० करोड वीरेद्र कनोडिया
वाग्मती सुगर मिल ११ करोड राम थापा/जगदीश अग्रवाल

स्रोत : नेपाल उखु उत्पादक महासंघ/चिनी उद्योग नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here