समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


,जनकपुरधाम । उखु किसानको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै जनकपुरधामका युवाहरूले पनि बिरोध प्रदर्शन गरेका छन् ।
मधेस संघर्ष समितीका सदस्य सरोज मिश्र र सुशील कर्ण लगायतको युवाहरूको अगुवाइमा प्रदर्शन गरिएको हो ।

उनीहरुले जनकपुरधामको रामानन्द चोकमा बाटो अवरुद्ध गरि प्रदर्शन गरेका छन् । करिब २ दर्जन युवाहरुको सहभागिता रहेको सो प्रदर्शनमा युवाहरूले प्ले कार्ड बोकेर नेपाल सरकार विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

युवाहरूले नेपाल सरकार मुर्दावाद, कृषि मन्त्री राजीनामा दे, उखु किसानलाई भुक्तानि दे, मिल मालिक माथि कारवाही गर , प्रदेश सरकार मुर्दावाद लगायतका नारा लगाउदै युवाहरुले विरोध जनाएका छन् ।

सरकारले आश्वासन दिएको मितिमै उधोगीले उखु किसानको भुतानी नदिए आफुहरु कडा आन्दोलनमा उत्रिने चेतावनी मासका सदस्य मिश्रले दिए । उनके उखु किसानको भुक्तानी साथ साथै किसानको यथार्थ परिश्रमको मुल्यांकन नगरे देशमा किसानको लागि मधेसका सम्पुर्ण युवाहरूले एक पटक किसानको लागि आन्दोलन गर्ने चेतावनी दिए । मिश्रले कृषि प्रधान देशमा किसानको यी दुर्दशा हेर्दा सरकार प्रती खेद प्रकट गरे ।

हाल आन्दोलनरत सर्लाहीका उखु किसानको मात्र यो समस्या नरहेको बताउदै यस्ता समस्याबाट समग्र देशकै किसान पीडित रहेको मासका संयोजन समितीका सदस्य सुशील कर्णले जनाए । कर्णले केन्द्रीय सरकारका साथ साथै प्रदेश २ का सरकार पन्ज यो समस्यालाई तदारुकताका साथ समाधान गर्नुपर्छ होइन भने नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आक्रोश व्यक्त गरे ।

त्यसैगरी सरसफाइ अभुयानी दिपक ठाकुरले जनकपुरमा आज कास्टिङ मात्र हो सरकार उखु किसानको समस्या प्रती समयमा गम्भीर नभए हामी फिल्म पनि देखाउन छौ । उनले भने,-‘आन्दोलनको चरणबद्ध कार्यक्रमको घँषणा गर्न हामी बाध्य हुनुपर्ने जनाए ।

त्यसैबीच युवा अगुवा कैयुम राइनले जबसम्म किसानको समस्या समाधान हुँदैन तबसम्म यो आन्दोलनको स्वरुप बढ्दै जाने चेतावनी दिए ।

युवाहरूले साढे चार बजे सुरु गरेको बिरोध प्रदर्शन साढे पाँच बजे सम्पन्न भएको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here