समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौँ । चिनी मिलका संचालक समेत रहेको नेपाली काँग्रेसका सांसद वीरेन्द्र कनौडियाले उखु किसानको १२ करोड बक्यौता रुपैया उखु किसानहरुको खातामा जम्मा गरेका छन् ।

गत शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीरमार्फत् सार्वजनिक सूचना गरी सांसद कनौडियालाई पुस २५ गतेभित्र उखु किसानको बाँकी रकम भुक्तानी गर्न निर्देशन दिए अनुरुप कनौडियाले किसानहरुको बक्यौता १८ करोड मध्ये १२ करोड किसानहरुको खातामा जम्मा गरेका छन् ।

आज काँग्रेस प्रवक्ता शर्माले ट्विट गर्दै ‘उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उद्योगी एवं कांग्रेस सांसद वीरेन्द्र कनौडियाले सोको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको’ भनेका छन् ।

त्यस्तै शर्माले कनौडियाले अब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको समेत जनाएका छन् । उनले ट्विट्मा ‘अब चुक्ता गर्न ६ करोड बाँकी रहेको बताउँदै यथाशीघ्र चुक्ता गर्ने प्रतिबद्धतापनि पार्टीसँग व्यक्त गर्नुभएको छ ।’ लेखेका छन् ।

कनौडियाले गत साता उखु किसानहरुसँग गरेको सहमतिअनुसार माघ ७ गतेभित्र सबै रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here