समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कुनैपनि आफ्ना नागरिक वा सम्पत्तिमाथि हमला गरे इरानको ५२ स्थानमा हमला गरी ध्वस्त बनाइदिने चेतावनी दिएका छन् ।इरानको इस्लामिक रेभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) अन्तर्गतको कुद्स फौजका जर्नेल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भएसँगै अमेरिका र इरानबीच द्वन्द्व बढेको छ । इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिएको छ ।

ट्रम्पले ट्वीटरमा लेख्दै इरानले बिनाकुनै संकोच अमेरिकी हमलाको तयारी गरिरहेको बताएकोले आफूहरुले पनि इरानको ५२ वटा स्थानलाई लक्ष्य बनाइसकेको बताएका छन् । उनले ५२ स्थानमा इरानका निकै महत्वपूर्ण र एतिहासिक स्थानहरु पर्ने पनि उल्लेख गरेका छन् । ‘यदी इरानले हमला गरे हामी पनि निकै छिटो र घातक रुपमा आक्रमण गर्नेछौं,’ उनले लेखेका छन् ।’अमेरिका धम्की सुन्न चाहँदैन,’ उनले थप लेखेका छन् ।

इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीले अमेरिकासँग इरानी सेनाका कमाण्डर जर्नेल कासिम सुलेमानीको हत्याको बदला लिने बताएका छन् । नेता खामेनीले अमेरिकाविरुद्धको लडाइँ जारी रहने पनि बताएका छन् ।अमेरिकाले आफूविरुद्ध आक्रमणको योजना बनाएको भन्दै सुलेमानीमाथि कारबाही गरेको बताएका छ । तर मध्यपूर्वमा इस्लामिक स्टेट(आईएस) विरुद्धको लडाइँमा कासिम सुलेमानीको प्रमुख भूमिका रहेको सीएनएनका पत्रकार निक प्याटन वाल्सको विश्लेषण छ ।उनका अनुसार आईएसको गतिविधि रोक्न सुलेमानी र इरानको प्रमुख भूमिका रहेको छ । सुलेमानीले अग्रपंक्तिमा रहेर आईएसविरुद्ध लडेको पनि पत्रकार वाल्सको विश्लेषण रहेको छ ।उनका गतिविधिको प्रशंसा वा आलोचना जे गरे पनि पछिल्लो एक दशकमा सुलेमानी मध्यपूर्वका प्रभावकारी व्यक्तित्व रहेका वाल्सको बुझाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here